पुष्पाञ्जली हस्पिटलले खेलाडीको उपचारमा २५ % छुट दिने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
चितवन, चैत ७ ।
चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले २५ % छुट दिने भएको छ ।
हस्पिटलबाट प्रवाह हुने सेवामा खेलाडीहरुलाई २०% सम्म छुट दिईने भनी आज(बिहिबार) सम्झौता भएकोमा अस्पताल प्रशासन बिच थप छलफल हुँदा अस्पतालले २५% छुट दिन सहमत भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले बताउनुभयो ।
“खेलाडीको चोट सर्वत्र चासोको विषय बन्नु स्वाभाविक हो। एउटा खेलाडी घाइते हुँदा पूरा टिम त्यसबाट प्रभावित भइरहेको हुन्छ। टिम प्रभावित हुँदा हजारौं, लाखौं समर्थकको भावनामा पनि असर परिरहेको हुन्छ। खेल र खेलाडीसँग जोडिने महत्वपूर्ण पक्ष फिटनेस सम्बन्धी समस्या पछिल्लो समय बढ्ने क्रममा छ। अपेक्षा गरिएका चर्चित खेलाडी पनि यसबाट अछुतो छैनन्। खासमा कसरी समस्या हुन्छ ? त्यसबाट बच्न सकिने उपायहरू के हुन् ? समस्या भइसकेपछि चाँडोभन्दा चाँडो कसरी निको भएर पुनरागमन जनाउने भन्ने कुरा खेलकुदमा महत्वपूर्ण छ। त्यसमाथि पनि नेपालजस्तो देशमा धेरै खेलाडी आरामबिना लगातार कठिन खेलहरू खेलिरहने, लामो यात्राबाट थकित भएर मैदान पुग्नेबित्तिकै खेल्ने, असन्तुलित आहार र मैदानको खराब अवस्थालगायत कारणले बढी घाइते हुने गरेको उहाँ बताउनुहुन्छ ।
पुष्पाञ्जली अस्पतालसँग खेलाडीको उपचार खर्च सम्बन्धी सम्झौताले खेलाडीलाई थप आर्थिक भार कम हुने उहाँले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति र पुष्पाञ्जली हस्पिटल बिच भोलि पुनः अर्को सम्झौता हुने अध्यक्ष कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक