देवघाटमा स्केट पार्क निर्माण, ‘खेल पर्यटन र स्थानीयलाई रोजगार मुख्य उद्देश्य’

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत २१

देवघाट गाउँपालिका–५ देवपुरमा पहिलो पटक सहासिक खेल स्केट पार्क निर्माण भएको छ । देवघाटका पाँच जना युवा व्यवसायीहरु मिलेर करिब १ करोडको लागतमा सो स्केट पार्क निर्माण गरेका हुन् ।

सहासिक खेलको माध्यमबाट देवघाटमा खेल पर्यटनको विकास गर्न तथा स्थानीय युवाहरुलाई रोजगारी दिने उद्देश्यले स्केट पार्क निर्माण गरिएको सन्चालक अर्जुन प्रसाद अधिकारीले बताए । युवाहरुले स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्छ भन्ने हेतुले पनि पार्क निर्माण गरिएको उनले बताए ।

उक्त स्केट पार्क ६ रोपनी क्षेत्रफलको जमिनमा निार्मण गरिएको छ । त्यसभित्र एक पटकमा १५० जना सम्म खेल्न मिल्नेृ गरि बनाईएको अधिकारीले बताए । उक्त स्केट पार्कले देवघाटमा खेलकुँदको बिकासकोे लागि टेवा पुग्ने उनले बताए । पार्कबाट भएको आम्दानीको केही रकम देवघाटको सामाजिक काममा लगाउने अधिकारीले बताए ।

सो पार्कमा स्थानियले केही रोजगार पाउने र हरेक युवाहरुले यहि आफुसँग भएको दक्षतालाइ सदुपयोग गरि व्यवसाय गर्न सके युवाहरु विदेश जान नपर्ने अधिकारीले बताए । हाल स्थानिय ३ जना र एक जना वाहिरको प्रशिक्षक गरि ४ युवालाई रोजगारी दिईएको अधिकारीले बताए ।

पार्कको नजिकै सार्वजनिक सौचालय पनि निर्माण गरिएको छ । उक्त स्केट पार्कमा विहिबारबाट नै खेल्न खुला गरिएको भएपनि औपचारिक उद्घाटन भने केही दिन पछि हुने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता