तनहुँ । चैत २८
व्यास नपा ३ स्थित मादी नदीले बगाएर विहिबार ११ बर्षीय बालक वेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नपा २ का यमन शाही रहेका छन् ।



उनी पौडी खेल्न जाने क्रममा नदीले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेपनि विहिबार साँझ सम्म केही फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।












