देवघाटमा तरुण दल कप खुल्ला भलिवल प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

देवघाट । चैत २८

देवघाट गाउँपालिका वडा नम्बर २ मा प्रथम देवघाट–२ तरुणदल कप खुल्ला भलिवल प्रतियोगिता सुरु भएको छ । नेपाल तरुण दल देवघाट–२ को आयोजनामा भएको उक्त प्रतियोगिताको नेपाली काँग्रेसका जिल्ला कार्य समितिका सदस्य अर्जुन अधिकारीले उद्घाटन गरे ।

नव वर्ष २०८२ को अवसरमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अधिकारीले तरुणहरु खेलकुँद सहित अन्य रचनात्मक काममा लाग्नु पर्ने बताए । उनले तरुण दलले गर्ने कार्यक्रममा आफ्नो निरन्तर सहयोग रहने बताए ।

त्रुण दल देवघाट वडा नम्बर २ का सभापति एवं खेल संयोजक बिष्णु मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मिन बहादुर राना, वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर आले, देवघाट खेलकुँद विकास समितिका अध्यक्ष अमर फेवाली, देवघाट गाउँ कार्यपालिकाका सदस्य बालकुमारी परियार र हुमीमाया खाँण, वडा सदस्य युबराज मगर, नेपाल तरुण दलका जिल्ला सदस्य रबिन्द्र गुरुङ्ग, नेविसंघ जिल्ला सदस्य लोकेश सिन्जाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन दिल बहादुर बाचेले गरेका थिए ।

चैत ३१ गतेसम्म सचलन हुने उक्त प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः १ लाख १ हजार १११, ५१ हजार १५१ र २६ हजार १५१ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै सर्वाेत्कृष्ट खेलाडी, स्पाईकर ब्कलर र लिब्रोलाई जनही ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने खेल संयोजक विष्णु मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता