देवघाटका प्रमुख प्रशासकीय अधिकृतको बिदाइ

Devghat Online

शेयर गरौ

देवघाट । चैत २८

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु मगरको बिदाई गरिएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा सरुवा भएको सारुको विहिबार देवघाट गाउँपालिकाले बिदाई गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सारुको हालै तिनाउ गाउँपालिकामा सरुवा गरेको थियो । सारु गत असोज पहिलो साता देवघाट गाउँपालिकामा सरुवा भएर आएका थिए ।

उक्त बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ, पाँच वटै वडाका अध्यक्षहरु, नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ, कार्यपालिका सदस्यहरु, विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरु लगायतले प्रमुख प्रशासकीय अधिकृत सारुको बिदाई गरेका थिए । सारुको सरुवा भएपनि देवघाटमा अर्काे प्रमुख प्रशासकीय अधिकृत भने आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण