बन्दीपुरमा बाख्रापालन सम्बन्धि तिन दिने तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २९

बन्दीपुर गाउँपालिका पशुपन्छी विकाश शाखाको आयोजनामा गाउँपालिका भित्रका बाख्रा पालक कृषकहरुकोलागि बाख्रापालन सम्बन्धि ३ दिने तालिम शुक्रबार सम्पन्न भयो । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको हलमा आयोजित सो तालिमको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गत बुधबार उद्घाटन गरेका थिए ।

बन्दीपुरका बाख्रापालक कृषकहरुमा हाल विद्यमान बाख्रा पालन व्यवसायको स्वरुप र प्रकृतिलाई आवश्यकता अनुसार थप व्यवसायीक, परिमार्जित र लागतमैत्री गराई सफल बाख्रापालक कृषक बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको गाउँपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले बताए । गुणस्तरीय तालिम मार्फत दक्ष कृषक बनाई प्रयोगात्मक र सैद्धान्तिक हिसाब दुबैले सक्षम बनाउन नार्क अन्र्तगतको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरको सहयोगमा तालिम प्रदान गरिएको न्यौपानेले बताए ।

उक्त तालिममा राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका प्रमुख राजु कडेंल, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रविसन अधिकारी, गाउँपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख मधुविलास न्यौपाने लगायत प्राविधिकहरुले बाख्रामा लाग्ने रोगहरु, गोठ, खोर, घाँस, आहार, बाख्राका जातहरु, बाख्रा पालन सम्बन्धि बजार तथा योजना, जैविक सुरक्षा आदिका बारेमा सहभागीहरुलाई तालिम दिएका थिए ।

सो अवसरमा राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयमा पालिएका बाख्राका जात, बाख्राको खोर, डाले घाँस तथा भुई घाँस, चरन क्षेत्र सम्बन्धि विषयमा स्थलगत रुपमा नै भ्रमण गराएर जानकारी गराईएको थियो ।

तालिम समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बाख्रापालनलाई व्यवसायीक रुपमा अगाडी बढाउन सके त्यसले आम्दानी दिने भन्दै व्यवसायीक कृषकलाई गाउँपालिकाले पनि सहयोग गर्ने बताए । सो तालिममा गाउँपालिकाका २५ जना बाख्रा पालक कृषकहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल