नयाँ वर्षमा भुजिकोट स्थानाथोक उकालो दौड प्रतियोगिता

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १

नँया वर्ष २०८२ को अवसरमा सोमबार शुक्लागण्डकीमा राष्ट्रिय खुल्ला भुजिकोट स्थानाथोक उकालो दौड प्रतियोगिता आयोजना गरियो । अन्नपूर्ण युवा क्लवको आयोजनामा शुक्लागण्डकी–२ कोत्रेबाट स्थानथोक कोटरदरबारसम्मको ९ किलोमिटर दुरीमा भएको सो प्रतियोगिताको नगरप्रमुख कृष्णराज पन्डितले उद्घाटन गरे ।

स्वास्थ्यको लागि दौडौं, विकासकोलागि दौडौं भन्ने मुल नाराका साथ आयोजित दोस्रो प्रतियोगितामा १ सय ५० बढिको सहभागिता रहने प्रवक्ता तिर्थराज खनालले जानकारी दिए । उक्त दौड कोत्रेस्थित लालध्वजचोकबाट सुरु हुने दौड एक्लेखेत, तार्कुडाँडा, मनवानपूर, भुजीकोट स्थानथोक हुदै भूमेभैरम कोटमा पुगेर सकिएको थियो ।

प्रतियोगिता संयोजक खेम गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ३३ हजार ३ सय ३३, द्धितीयले २२ हजार २ सय २२, तृतीयले ११ हजार १ सय ११, चौथोले ५ हजार ५ सय ५५ र पाँचौ हुनेले ३ हजार ३ सय ३३ सहित मेडल र प्रमाणपत्र पाएका थिए ।

स्थानथोकमा विभिन्न कार्यक्रमहरु गरिएको क्लवले जनाएको छ । महिलाहरुबीच भाले छोप्ने प्रतियोगिताका साथै गुलेली हान्ने प्रतियोगिता गरिएको अध्यक्ष खनालले बताए । सो क्षेत्रमा वि.स. २०६५ सालबाट अनौपचारिक रुपमा होमस्टे सञ्चालन गरिएको थियो । त्यसको केहिवर्षपछि औपचारिक रुपमा होमस्टे सञ्चालनमा आएको हो ।

हाल भूजिकोट सामुदायिक, दगाम सामुदायिक, इमान्दार सामुदायिक र स्थानथोक सामुदायिक होमस्टे सञ्चालनमा छन् । दुलेगौडाबाट करिव ७ किलोमिटरको दुरीमा अवस्थित भुजिकोट भ्यू टावरबाट कास्कीका ५ वटा तालहरु देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ