राजापानी कलेस्ती दिगो समाजको अध्यक्षमा भक्त बहादुर गोदार चयन

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १

श्री राजापानी कलेस्ती दिगो समाजको अध्यक्षमा भक्त बहादुर गोदार चयन भएका छन् । व्यास नगरपालिका–९ गजौडेमा सम्पन्न समाजको चौथो साधारणसभा तथा प्रथम अधिवेशनले गोदारको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य चयन गरेको हो ।
समाजकोे उपाध्यक्षमा रोशन रेग्मी (आर.सी.), सचिवमा सुवास पण्डित र कोषाध्यक्षमा मुना घिमिरे चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा पर्शुराम भण्डारी, अन्जु पण्डित, बिष्णु गोदार, इमान सिंह केसी, मिना रायमाझी, प्रदीप अधिकारी र बासुदेव श्रेष्ठ रहेका छन् ।

समाजको संरक्षकमा वडाध्यक्ष सुरेश थापालाई चयन गरिएको छ । त्यस्तै सल्लाहकारहरुमा सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी, प्राध्यापक अजित आचार्य, उद्योगी ईश्वरी आचार्य, अधिकृत हर्क बहादुर अधिकारी, सिटिभिटी जनकपुर प्रमुखका प्रमुख गोबिन्द पौडेल र समाजसेवी नर बहादुर गुरुङलाई चयन गरिएको छ । कार्यसमिति चयन निर्वाचन अधिकृत अधिवक्ता सुरेश आचार्यको नेतृत्वमा प्राध्यापक अजित आचार्य र गोबिन्द पौडेल सम्मिलित टोलीद्वारा सर्वसम्मत रूपमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहेका थिए भने शिक्षा विकास तथा समन्वय ईकाइ तनहुँका प्रमुख उद्दवराज जमरकट्टेल र सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी विशिष्ट अतिथि थिए ।
सोही अवसरमा विभिन्न संस्था तथा व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । संस्थागत रूपमा पाउँदी–गजौडे खानेपानी आयोजना, संगम युवा क्लब, सिद्देश्वर राजापानी महादेव मन्दिर व्यवस्थापन समिति, सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था, पूर्व विद्यार्थी समाज माहेन्द्री, र कलेस्ती उपत्यका महिला विकास समाजलाई सम्मान गरिएको थियो ।

त्यस्तैगरि जेष्ठ नागरिक हरिमाया कार्की, अपाङ्गता हुँदाहुँदै प्रेरणादायी जीवनयापन गरिरहेका शरण घर्ती, शिवचन्द्र आचार्य, समाजका संस्थापक सल्लाहकार बालचन्द्र आचार्यलाई सम्मान गरिएको थियो । साथै स्वर्गीय उपेन्द्र खनाल तथा सचिव सुवास आचार्यलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।

अधिवेशनमा बुद्धिजीवी नारायणदत्त पौडेल, रामचन्द्र रेग्मी, नर बहादुर गुरुङ, इम बहादुर गोदार, राम प्यारी आले, बिष्णु अधिकारी लगायतले समाजको भूमिकाको प्रशंसा गर्दै आगामी योजनामा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनमा आजीवन सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता