गण्डकी कोटिहोम महायज्ञमा बुधबार भूमी पुजन र यज्ञ कुण्ड खन्ने

Devghat Online

शेयर गरौ

पोखरा । बैशाख २

पोखरा महानगरपालिका वार्ड नम्बर १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बुधबार भूमी पुजन गरिने भएको छ ।

बुधवार बिहान भूमी पूजन सँगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ । बुधबार बिहान ठीक ११ बजेर १ मिनेट जादाको उत्तम साहितमा नै भूमी पुजन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै यज्ञ कुण्ड खन्ने साइत भने ११ बजेर ११ मिनेटमा रहेको पनि आयोजकले जानकारी दिएको छ ।

गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरु भइरहेको छ । नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले गत चैत्र २९ गतेदेखी कथा प्रवचन गरिरहेकी छन् । कथा वाचिका पाण्डेले अगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय