तनहुँ । बैशाख ४
बन्दीपुर केवलकारद्वारा स्थापित ‘बन्दीपुर केवलकार उद्यमशिल पत्रकारिता पुरस्कार’ यस वर्ष तनहुँका तिन जना पत्रकारले पाउने भएका छन् । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडलका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरुप तिन जना पत्रकारहरु छनोट गरि सन्चालक समिति समक्ष शिफारिस गरेको छ । उक्त सिफारिसलाई कम्पनीको सन्चालक समितिले अनुमोदन गरेको छ ।



पुरस्कार प्राप्त गर्ने पत्रकारहरुमा नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं रेडियो बन्दीपुरका स्टेशन म्यानेजर डिपि अधिकारी र पत्रकार महासंघ तनहुँका पुर्व उपाध्यक्ष एवं जनचहाना न्युज डटकमका सन्चालक सानेबहादुर नेपाली रहेका छन् ।
यही बैशाख ६ गते हुने कम्पनीको चौथो साधारण सभाको अवसरमा उक्त सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय कम्पनीले गरेको छ । पुरस्कारको राशी जनही ५१ हजार र सम्मानपत्र रहेको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्ले, रास्ट्रिय सभा सदस्य भगवती न्यौपाने र प्रदेश सभा सदस्य हरि बहादुर चुमान सहितका अन्य विशिष्ट अथितीको उपस्थितीमा उक्त पुरष्कार वितरण र सम्मान गर्ने कार्यक्रम रहेको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत डा.रोमनमान श्रेष्ठले बताए ।

पर्यटकीय एवं सांस्कृतिकग्राम बन्दीपुरमा सन्चालित र निर्माणाधीन बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पत्रकारहरुलाई सामाजीक शसक्तिकरणको लागी उद्यमशिलता प्रवद्र्धन गर्नको लागी प्रेरित गर्न ‘बन्दीपुर केवलकार उद्यमशिल पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो ।
तनहुँ जिल्लामा रहेर उद्यमशिलताको विषयमा शसक्त कलम चलाउने पत्रकारलाई कम्पनीले प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ । बन्दीपुरहिल गुरुयोजना नाम दिएको यस परियोजना १५ प्रतिशत हिस्सा संचालनमा आईसकेको र २ वर्ष भित्र समग्र बन्दीपुरहिल ६ अर्ब २९ करोडको गुरुयोजनालाई पुर्णता दिन खोजिएको बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडलका अध्यक्ष रामचन्द्र शर्माले बताए ।