नेविसंघको स्थापना दिवसको अवसरमा जिल्लाभर विभिन्न कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ६

नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा जिल्लाभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

स्थापना दिवसको अवसरमा नेपाल बिधार्थी संघ तनहुँ र विभिन्न पालिकामा रहेका नेविसंघका पालिका समितिलहरुले विभिन्न कार्यक्रम आयोजना गरे । दिवसको अवसरमा दमौली अस्पतालमा वृक्षरोपण कार्यक्रम र आदिकवि भानुभक्त क्यापसमा शैक्षिक सामग्री र वृद्व आश्रममा फलफुल वितरण, देबघाटमा अपाङ्गता भएका बिधार्थीलाई शैक्षिक सामग्री बितरण, भानु नगरपालीकामा खेलकुद तथा शैक्षिक सामग्री बितरण गरियो ।

यसैगरि शुक्लागन्डकीको भानुभक्त क्यापसमा आर्थिक सहयोग र वृद्व आश्रममा फलफुल वितरण, जनज्योति क्यापस भिमादमा वृक्षरोपण र अन्तकृया कार्यक्रम, रिसिङ्गमा शैक्षीक सामग्री बितरण र घिरिङ्गमा शैक्षीक सामग्री बितरण गरियो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती जितप्रकाश आले, निवर्तमान सभापती बैकुण्ठ न्यौपाने, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, नेबिसंघ केन्द्रिय सदस्य तथा जिल्लाका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

विगतको भन्दा फरक तरिकाले विभिन्न स्थानमा रचनात्मक कार्यक्रम गरी संगठनलाई मजुबुत बनाउन र अधिबेशन सुरू गर्न जिल्लाको सबै पालिकामा कार्यक्रम आयोजना गरेको नेबिसंघ तनहुँ जिल्ला अध्यक्ष आशिष कैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो