१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख १३

प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक समसामयिक विषयमा विभिन्न १० बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार ललितपुरमा सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भएको बैठकले नेपाली जनताको लामो बलिदान र संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक विद्यमान व्यवस्थाप्रति पछिल्ला समयमा अराजक र पश्चगामी तत्त्वबाट फैलाइएका भ्रम र गतिविधिप्रति भत्र्सना गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र प्रवद्र्धनका लागि बैठकले प्रतिबद्धता व्यक्त गरेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति भ्रम र अफवाह फैलाउँदै गरिएको कथित आन्दोलनका नाममा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको अराजक र हिंसात्मक घटनाका साथै सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमणप्रति बैठकले निन्दा गर्दै घटनाको निष्पक्ष छानिबन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

तीनकुनेमा घटनाका क्रममा समाचार सङ्कलनका गर्दै गर्दा अराजक तत्त्वबाट भएको आगजनीमा परी दुःखद निधन हुनुभएका एभीन्यूज टेलिभिजनका क्यामरा पर्सन एवं प्रेस चौतारी नेपालका सदस्य सुरेश रजकप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ । ‘बैठक उहाँको परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ, उक्त हत्याको घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गर्दै प्रेस स्वतन्त्रता, सञ्चार गृह र पत्रकारहरूको भौतिक सुरक्षाको उचित प्रबन्धका लागि यो बैठक सरकारसँग जोडदार माग गर्दछ’, बैठकले जारी गरेको खुमलटार प्रस्तावपत्रमा उल्लेख छ ।

बैठकले सामाजिक सञ्जाल विधेयक तत्काल पारित गर्न, प्रेस तथा सञ्चारसम्बन्धी कानुनहरूको निर्माण र संशोधनमा विलम्ब नगर्न नेपाल सरकार र सङ्घीय संसद्समक्ष आग्रह गर्दै सञ्चारसम्बन्धी कानुन तर्जुमाका क्रममा पत्रकारितासँग सम्बन्धित प्रेस चौतारी नेपालसहित जिम्मेवारी सङ्गठन र विज्ञहरूसँग अनिवार्य परामर्श गर्न आग्रह गरेको छ ।

बैठकले पत्रकार आचारसंहिताको पालना सहित मुलुकमा जिम्मेवार, व्यावसायिक र सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताको विकास, प्रवद्र्धन र स्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्दै आम पत्रकारहरूलाई यस दिशामा केन्द्रित हुन आव्हान गरेको हो ।

बैठकले प्रेस चौतारी नेपालको वार्षिक कार्य योजनामा समाविष्ट प्रशिक्षण वर्ष, २०८२ लाई उच्च महत्त्व दिँदै पत्रकारहरूको वैचारिक, पेसागत र सङ्गठनात्मक दक्षता अभिवृद्धिका लागि योजनाबद्ध रूपमा केन्द्रित हुन सबै प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाहरू र तिनमा आबद्ध सबै सदस्यहरूलाई अपिल गरेको छ ।

आगामी आर्थिक वर्षका लागि तीनै तहका सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेट मिडियामैत्री बनाउन र अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापनको दायराभित्र ल्याइ हाल दिँदै आएको लोककल्याणकारी विज्ञापनको बजेट वृद्धिका लागि बैठकले माग गरेको हो ।

स्वरोजगारीमूलक सञ्चारमाध्यमहरूको पहिचान गरी ती माध्यमको कम्पनी दर्ता, नवीकरणलगायत प्रशासनिक कार्यमा उचित सहुलियत प्रदान गर्न बैठकले माग गरेको छ । स्थानीय सरकारबाट गरिने विज्ञापन तथा सूचनाहरूको प्रवाह र सहकार्यमा स्थानीय स्तरका सञ्चारमाध्यमलाई प्राथमिकता दिन बैठकले सम्बन्धित तहका सरकारसँग माग गरेको छ । बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न गराउन र नगर्ने सञ्चारमाध्यमलाई कानुनी कारबाहीको दायरामा ल्याई श्रमजीवी पत्रकारहरूको हितलाई उच्च प्राथमिकता दिन माग गरेको छ ।

कलात्मक नगरी ललितपुरको पर्यटकीय र सांस्कृतिक विकास तथा प्रवद्र्धनमा ध्यान दिन आग्रह गर्दै बैठक सञ्चालनका लागि स्थल उपलब्ध गराउने राष्ट्रिय प्रकृति संरक्षण कोषलाई बैठकले धन्यवाद दिएको छ ।

बैठकलाई पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदी लगायतले सम्बोधन गरेका थिए ।

उक्त बैठकले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य र केही आयोगका सदस्य पनि मनोनीत गरेको छ । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा प्रकाशचन्द्र भट्टराई, विष्णु आचार्य, पुकार तिमिल्सिना, ईश्वरराज ढकाल, गणेश उप्रेती, सन्दीप शर्मा रिजाल, चाँदनी आचार्य, रामचन्द्र प्रजापति, कविता अधिकारी, खगेन्द्र कार्की, राजेन्द्र ठगुन्ना, इन्दीप कोइराला, अप्सरा गौतम, भुवनसिंह ठकुरी, देवराज साउद, बालमुकुन्द आचार्य, घनश्याम धमला, दीपक श्रेष्ठ, कृष्ण धामी, दीपक बुढा, कालिका सिवाकोटी, तुलसी कोइराला, अमिर लामा, युवराज विष्ट, रामभरोसी महतो र एमबी आस्था रहेका छन् ।

त्यस्तै केन्द्रीय आयोगका मनोनित सदस्यहरुमा मुकुन्द भुसाल काठमाडौं, बिनु चेम्जोङ धनकुटा, रामबाबु सुवेदी चितवन, वासु श्रेष्ठ धादिङ, भानु ढकाल अछाम र नरेन्द्र विष्ट बैतडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि