तनहुँ । बैशाख १३
म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय, सुझाव संकलन सुरु गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको सुझाव संकलन गर्ने गर्ने उद्धेश्यले म्याग्दे गाउँपालिकाले गाउँपालिका, वडा र टोल स्तरमा छलफल कार्यक्रम आयोजना गरेको हो ।



यसैक्रममा गत विहिबार गाउँपालिकाको सभाहलमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, गाउँपालिकामा क्रियाशिल राजनीतिक दल, आमा समुह, टोल विकास संस्था, उपभोक्ता संस्था, बालक्लव, युवा क्लव, विद्यालय व्यवस्थापन समिति लगायतका संघ संस्थाका प्रतिनिधिहरुसँग बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रम र बजेटलाई नागरिक मैत्री तथा प्रभावकारी बनाउने उद्देश्यले पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए । उनले सबैको सुझावले नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने बताए ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरले सबै नीति तथा कार्यक्रम र बजेट निर्माणमा वडा र टोल स्तरबाट पनि नागरिकको सुझाव संकलन गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको सुझाव संकलनको लागि कार्यतालिका बनाईएको बताए । उनले उक्त कार्यक्रममा उपस्थित भएर आफ्ना सुझाव राखी नीति तथा कार्यक्रमलाई नागरिक मैत्री बनाउने कार्यमा सहयोग गर्न अनुरोध गरे ।
गत चैत १८ गते बसेको म्याग्दे गाउँकार्यपालिकाको बैठकले आगामी असार ५ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट प्रस्तुत गर्ने निर्णय गरेको छ । यसै सन्भर्दमा बजेट/आर्थिक ऐन, विनियोजन ऐन लगाएतका विभिन्न ऐन निर्माणको प्रारम्भ भएसँगै सरोकारवाला सवै सँग टेलीफोन सम्पर्क/लिखित/मौखीक/इमेल मार्फत रायसुझाव संकलन गरी सोही आधारमा वजेटको अन्तिम मार्गदर्शन/नीति तथा कार्यक्रम तयारी/ऐन निर्माण/नीतिगत निर्णय र योजना छनौट सहित वार्षिक वजेट निर्माण गरिनेहुदा सरोकारवाला सवैवाट आगामी जेठ ५ गते भित्र आवश्यक रायसुझाव गाउँपालिकाको योजना शाखा,/विषयगत समिति तथा शाखा र सरोकार वडा कार्यालयहरुमा उपलब्ध गराई नीति तथा कार्यक्रम सहित विभिन्न ऐन र वजेट निर्माणमा सहयोग पुर्याईदिन वर्तमान पदाधिकारी/निवर्तमान पदाधिकारी/विषयगत समिति/विषयगतशाखा/वडा कार्यालय सवै, सहकारी सस्था, टोल विकास सस्था, युवाक्लव, आमासमुह, गैह्रसरकारी सस्था, निजि क्षेत्र, विभिन्न क्षेत्रगत समुह तथा संघ सस्थाहरु, राजनीतिक दलहरु, उद्योग वाणिज्य संघ, उपभोक्ता समुहहरु, नागरिक समाज, सामुदायीक तथा सस्थागत विद्यालयहरु, सामुदायीक वन उपभोक्ता समिति, सञ्चारकर्मि, वुद्घिजिवि लगाएत सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।
उक्त कार्यतालिका अनुसार आगामी बैशाख १५ गते प्रशासकीय भवनको सभाहलमा श्रोत अनुमान र कुल बजेट सिमा निर्धारण सम्बन्धी छलफल कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । त्यसैगरि बैशाख १६ गतेदेखी बैशाख मसान्तसम्म सबै वडाका बस्ती र टोलमा वडाले तय गरे अनुसार वडा स्तरीय योजना तर्जुमा कार्यक्रम हुने भएको छ । त्यसैगरि जेठ १ गतेदेखी जेठ मसान्तसम्म सबै वडा कार्यालयमा वडा तहमा योजना छनौट तथा प्राथामिकिकरण कार्यक्रम हुने भएको छ ।
त्यस्तै जेठ १५ देखी २५ गतेसम्म प्रशासकीय भवनको सभाहलमा विषयगत शाखा र समितिमा योजना छनौट तथा प्राथामिकिकरण कार्यक्रम हुने भएको छ । जेठ २६ देखी असा १ गतेसम्म प्रशासकीय भवनको सभाहलमा बजेट तथा कार्यक्रम तर्जुमा कार्यक्रम हुनेछ । यसै कार्यक्रम अन्तर्गत असार २ गते कार्यपालिकाको बैठक, असार ३ गते कार्यव्यवस्था समितिको बैठक, असार ५ गते गाउँसभाको १८ औं अधिवशेन तथा नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
त्यसैगरि असार १० गते बजेट र विभिन्न बिधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । असा १६ गते विभिन्न विधेयक छलफल स्विकृत, बार्षिक बजेट माथि विषयगत तथा दफावार छलफल तथा अधिवेशनको अन्त्य गर्ने कार्यक्रम रहेको छ । असार १९ गते स्किृत बजेट तथा कार्यक्रम, मध्यकालिन खर्च संरचना र कानुन प्रकाशनको कार्यक्रम रहेको छ । साउन १ गते बजेट पुस्तिका तयारी र छपाई तथा साउन १२ गते बार्षिक समिक्षा कार्यक्रम, बजेट पुस्तक प्रकाशन र पुरस्कार वितरणको कार्यक्रम तय गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
म्याग्देले गैह्र सरकारी संस्थाहरुको हकमा म्याग्दे गाउँपालिका कार्यक्षेत्र भई आर्थिक वर्ष २०८२/०८३ मा कार्यगर्ने गैससहरुले अनिवार्य रुपमा यही बैशाख ११ गते हुने आमभेला तथा सर्वपक्षिय भेलामा उपस्थीत भई आ-आफ्नो बजेट तथा कार्यक्रमको वारेमा जानकारीसँगै आफ्नो वार्षिक वजेट तथा कार्यक्रमको सफ्टकपी र हार्डकपी जेठ ५ गते भित्र गाउँपालिकाको योजनाशाखामा पेशगर्नुपर्ने जनाएको छ । अन्यथा गाउँपालिकावाट कुनै पनी कार्यक्रम गर्नेगरी अनुमती नदिईने साथै नविकरण नगरिने पनि जानकारी गराईएको छ ।