आइतबारबाट विद्यालय सन्चालन गर्न तनहुँका स्थानीय तहहरुको आग्रह

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १३

तनहुँका विभिन्न स्थानीयतहहरुले आइतबारबाट सामुदायिक विद्यालय सन्चालन गर्न आग्रह गरेका छन् । शिक्षकहरुको आन्दोनलको कारण लामो समयदेखी विद्यालय बन्द भएको कारण विद्यार्थीको पठन–पाठनमा अवरोध भएको हुँदा आज बैशाख १४ गते आइतबारदेखी विद्यालय सन्चालन गर्न आग्रह गरेका हुन् ।

व्यास नगरपालिकाले आइतबारबाट विद्यालय सूचारु गर्न आन्दोलनरत शिक्षकलाई सूचित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यालय सुचारु ग्र्न सुचिन गरेका छन् । न्यौपानेले सबै सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालन गर्न सहयोग पु¥याउनुहुन र सबै अभिभावकलाई आफ्नो बालबालिका विद्यालयमा उपस्थित गराई पठनपाठन सञ्चालनमा सहयोग गरिदिन समेत आग्रह गरिएको छ ।

शिक्षक आन्दोलनको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्न र आफ्ना समस्या ऐनमार्फत सम्बोधन होस् भन्ने विषय सान्दर्भिक रहेको उल्लेख गर्दै संसदबाट ऐन पारित गर्न निश्चित प्रक्रिया पार गर्नुपर्ने र त्यसले समय लिन सक्ने हुँदा पढाई अबरोध नगर्न सूचित गरिएको छ । ऐन जारी नहुँदासम्म शिक्षक विद्यालय सञ्चालनमा सहभागी नहुने सन्दर्भले सामुदायिक विद्यालयमा पढाउने अभिभावक र विद्यार्थीलाई गम्भीर असर पर्ने देखिएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरि बन्दीपुर गाउँपालिकाले पनि आजबाट पठन पाठन सुचारु गर्न शिक्षकहरुलाई सुचित गरेको छ । शिक्षकहरूको दबाबमूलक आन्दोलनका कारण प्रभावित बनेको पठनपाठन प्रक्रिया तत्काल सुरु गर्न बन्दीपुर गाउँपालिकाले आग्रह गरेको हो । देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरूले पेशागत सम्मान, शिक्षा ऐन जारी लगायतका मागहरू राख्दै आन्दोलनमा उत्रिएका कारण विद्यालयहरूमा भर्ना अभियान, परीक्षा र नियमित पठनपाठन अन्योलमा परेको भन्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै सरकारलाई शिक्षकहरूको संविधानसम्मत माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

शिक्षक आन्दोलनका कारण गाउँपालिकाभित्र अघि बढाइएको शैक्षिक सुधार तथा विकाससम्बन्धी कार्यक्रमहरू प्रभावित बनेका र यसले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार कुण्ठित भएको विज्ञप्तिमा जनाईएको छ । संस्थागत विद्यालयहरूमा भर्ना तथा पठन–पाठन सामान्य रूपमा सञ्चालन भइरहे पनि सामुदायिक विद्यालयहरूमा नियमित शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थी, अभिभावक र सरोकारवालाहरूले चासो व्यक्त गरेको भन्दै विज्ञप्तिमा यस्तो परिस्थितिमा यथाशीघ्र पठनपाठन पुनः सुरु गर्नुपर्ने आवश्यकता देखिएकोले आइतबारदेखि अनिवार्य रूपमा सामुदायिक विद्यालयहरू सञ्चालनमा ल्याउन सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई अनुरोध गरेको हो ।

यसैगरि आबुँखैरेनी गाउँपालिकाले पनि आइतबारबाट विद्यालयमा पठन पाठन सुरु गर्न आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विज्ञप्ति प्रकाशित गरि नियमित रुपमा विद्यालय सूचारु गर्न, गराउनु हुन सम्वन्धित सबै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरुमा सुचित गरेका छन् ।

शिक्षकहरुको जायज मागका लागि हाल चलिरहेको आन्दोलन प्रति आँबुखैरेनी गाउँपालिकाको पनि ऐक्यवद्धता रहेको तथापी लामो समय सम्म विद्यालय वन्द रहँदा भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थीहरुमा प्रत्यक्ष असर परेको व्यहोरा विज्ञप्तिमा जनाईएको छ । नेपालको संविधानले नै वालवालिकाले पढ्न पाउने हकलाई मौलिक अधिकारको रुपमा स्थापित गरेको छ । साथै आफ्नो वार्षिक नीति, बजेट तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि आँबुखैरेनी गाउँपालिका हरदम प्रयत्नशील रहि आएको आबुँखैरेनीले जनाएको छ ।

तसर्थ विद्यालयमा नियमित पठनपाठनलाई निरन्तरता दिई आफ्ना मागहरु सरकारद्वारा सम्बोधन गराउनका लागि वैकल्पिक तवरले माग उठान गर्न अनुरोध गर्दै सम्पुर्ण विद्यालयहरुले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरु तत्काल सञ्चालन गरी बैशाख १४ गते आइतबारबाट नियमित रुपमा विद्यालय सन्चालन गर्न आबुँखैरेनीले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि