देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १३

देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका ५ जना युवाहरुको लगानीमा सुरुवात गरिएको देवघाट स्केटपार्क र देवघाटधाम जेसीजबीच एक महत्वपूर्ण कर्पोरेट समझदारी सम्पन्न भएको छ । सम्झौताअनुसार अबदेखि देवघाटधाम जेसीजका सदस्यहरूले स्केटपार्कमा उपलब्ध खेल र गतिविधिमा ३५ प्रतिशत छुट पाउने भएका छन् ।

समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा देवघाट स्केटपार्कका सञ्चालक रामु खराल, देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकाल, व्यवसायिक र अन्तर्राष्ट्रिय क्षेत्रका कार्यकारिणी उपाध्यक्ष जेसी माधव न्यौपाने, महासचिव जेसी अर्जुन सुवेदी, र व्यवसायिक क्षेत्रका उपाध्यक्ष जेसी डा.सम्राट अधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष जेसी प्रशन्न ढकालले आफुहरु सधैं युवाको समग्र विकासका पक्षमा रहेको भन्दै वर्ष २०२५ को प्रकरण ड्रिम डेर डु बमोजिम उद्यम गरिरहेका युवाहरुको व्यवसायलाई थप प्रबद्र्धन गर्ने उद्देश्यले कर्पोरेट समझदारी गरिएको बताए । यस प्रकारको समझदारीले युवा पुस्तामा खेलकुदको चेतना जागृत गर्नुका साथै उनीहरूको शारीरिक र मानसिक विकासमा पनि टेवा पु¥याउने भन्दै उनले सदस्यहरूका लागि प्रदान गरिएको छुटले उनीहरूलाई खेल गतिविधिमा सक्रिय रहन प्रोत्साहन गर्ने बताए ।

स्केटपार्कका सञ्चालक रामु खरालले देवघाटधाम जेसीजसँगको सहकार्यलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा पनि सामुदायिक र सामाजिक संस्थासँग सहकार्य गरेर युवामैत्री कार्यक्रमहरू सञ्चालन गर्ने इच्छा व्यक्त गरे । उनले देवघाट स्केटपार्कलाई युवाहरूको ऊर्जा र सिर्जनात्मकतालाई प्रस्फुटन गराउने प्लेटफर्मका रूपमा विकास गरिने बताए ।

सम्झदारीअनुसार छुटको सुविधा लिनको लागि सदस्यहरूले आफ्नो जेसी सदस्यता प्रमाण अनिवार्य रूपमा देखाउनु पर्नेछ। स्केटपार्कमा स्केटबोर्डिङ खेलको व्यवस्था गरिएको छ, जसले स्थानीय युवाहरूको खेल प्रतिभा उजागर गर्न सघाउने अपेक्षा गरिएको छ ।

यस समझदारीलाई देवघाट क्षेत्रमै युवामैत्री, सक्रिय र सकारात्मक सोच प्रवद्र्धन गर्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको