७८० जनाको मुटुरोग परिक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १८

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा विहिबार आयोजित निशुल्क मुटुरोग परीक्षण शिविरमा ७८० जनाले सेवा लिएका छन् ।

हीद गंगालाल हृदय केन्द्र काठमाडौंको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा तीन जना बिरामीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले जानकारी दिए ।

शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लसहित विशेषज्ञसहितको टोलीले बिरामीको मुटु परीक्षण गरेको थियो । गाउँ गाउँबाट आएका सेवाग्राहीले शिविरबाट लाभ लिएका लम्सालले बताए ।

निशुल्क इसिजी, इको, सुगर जाँच र औषधि वितरण गरिएको उनको भनाइ थियो । मुटु रोगीको पहिचान गरेर रेफर गरिएकामध्य विपन्नलाई निशुल्क र सहुलियतमा उपचारको व्यवस्था मिलाएको जनाइएको छ । उक्त कार्यक्रमको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता