विष्णु मगर । देवघाट, बैशाख १८
देवघाट कलेज स्थापना सहकार्य एवं संचालक समितिले देवघाटमा सामुदायिक कलेज सन्चालनकोलागि आर्थिक सहयोग गर्न आह्वान गरेको छ । समितिले बिहिबार सुचना प्रकाशित गरि आगामी भदौ देखी देवघाटमा कलेज सन्चालन हुने तयारी भएको तर कलेज सन्चालनकोलागि आर्थिक संकटक रहेको हुँदा आर्थिक सहयोग उपलब्ध गराउन देवघाटबासीमा अनुरोध गरेको हो ।



विभिन्न मितिमा बहस एवं व्यापक रुपमा देवघाटको वडा नम्बर १ देखि ५ सम्मका जनताहरु बिच धेरैनै पटकपटक छलफल र साबै त्रिभुवन विश्वविद्यालयका सम्बन्धित व्यक्तिहरुसँग सम्बाद एवं बिचार विमर्श हुँदै आउदो भदौ महिनाबाट देवघाट कलेज नामबाट सामुदायिक आधारमा भविष्यमा सरकारी सुविधा उपलब्ध हुनेगरि हालका लागि कुनै एक प्रतिष्ठीत कजेलले प्राप्त भई चलिरहेको देवघाट कलेजले उक्त त्रिभुवन विश्वविद्यालयबाट प्राप्त भएको सम्बन्धन पत्र खरिद गरि उक्त सम्बन्धनलाई देवघाट वडा नम्बर ५ स्थित उपयुक्त स्थान वा विद्यालयको अलग कम्पाउण्ड बनाउने गरि आगामी भाद्र महिनाबाट देवघाट कलेज सन्चालन गर्ने तयारी भएको देवघाट कलेज स्थापना सहकार्य एवं संचालक समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
कक्षा १२ उत्तिण गरेका देवघाट गाउँपालिकाको सबै वडा र देवघाटसँग जोडिएका कविलास, रामनगर, ठिमुरा हुदै सिताराम संस्कृत विद्यालय सम्मका विद्यार्थीहरुलाई समेट्दै निम्न आय स्रोत भएका बर्गकालागि उच्च शिक्षा हासिल गराई जिविकोपार्जन गर्न गराउन यस देवघाट कलेज स्थापना एवं कक्षा सञ्चालन गर्न लागिएको भन्दै डा.श्रेष्ठले सम्पूर्ण शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी, राजनिति दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्था, वन उपभोक्ता समिति, टोल विकास संस्था, आमा समूह, क्लब साथै अन्य जस्तै देवघाट भित्रका विभिन्न आश्रमहरु, पत्रकार समूह, समाजमा केहि नरी र गर्नु पर्छ भन्ने महान व्यक्तित्वहरु, छिमेकी कलेज सञ्चालकहरुलाई देवघाट कलेज सन्चालनको लागि आर्थिक सहयोग उपलब्ध गराउन डा.श्रेष्ठले अनुरोध गरेका छन् ।

सकारात्मक बिचार, साथ र समर्थनले गर्दा विगत २०८१ साल देखि निरन्तर प्रयासरत भई अव आउने भाद्र महिनाको त्रिविको नियमानुसर विविएस चार वर्षे कोर्षको प्रथम वर्ष सञ्चालनका निमित्त कागजी पक्रिया सम्बन्धित निकाय र कलेजसँग पक्का पक्की भई दोस्रो चरण कार्य गर्न गराउन अत्यावश्यक आर्थिक अभाव र समय थोरै भएकाले आवश्यक आर्थिक सहयोग गर्नुभई देवघाट कलेजलाई देवघाट र वरीपरी क्षेत्र भित्रका निम्न आय स्रोत भएकाको छात्र, छात्राहरुको उच्च शिक्षा हासिल गर्ने आफ्नै नाउँ आफ्नै ठाउँमा अध्ययन गर्न गराउन तत्परताका साथ दिनुभई सधैको लागि सम्झना स्वरुप कलेजको भित्तामा शिलालेख सहित संस्थाको नाम राख्ने गरि कार्य गर्नुहुन अध्यक्ष डाक्टर श्रेष्ठले अनुरोध गरेका छन् ।
प्रस्तावित देवघाट कलेज स्थापना एवं सन्चालन गर्नका लागि सहयोग चन्दा दाताहरुलाई मध्येनजर राख्दै प्रोत्साहन एवं सम्मानको सिमा पनि तोकिएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार १ हजार देखि ४ हजार ९९९ सम्मका सहयोग दातालाई प्रमाण–पत्र प्रदान गरिने, ५ हजार देखि ५ हजार ९९९ सम्मका सहयोग गर्नेलाई फ्रेम सहित प्रमाण–पत्र प्रदान गरिने, १० हजार देखि २४ हजार ९९९ सम्म सहयोग गर्नेलाई मार्वलमा नाम लेखिने, २५ हजार देखि ४९ हजार ९९९ सम्म सहयोग गर्नेको फोटो र प्रमाणपपत्र सहित मार्वलमा नाम लेखिने डा.श्रेष्ठले जानकारी दिए ।

यसैगरि ५० हजार देखि ९९ हजार ९९९ सम्म सहयोग गर्ने दातालाई श्रीमान श्रीमतीको फोट सहित प्रमाण–पत्र र मार्वलमा नाम लेखिने, १ लाख देखि २ लाख ९९ हजार ९९९ सम्म सहयोग गर्नेलाई श्रीमान श्रीमतीको फोटो सहित प्रमाण–पत्र मार्वलमा दुवै जनाको नाम लेखिनेछ । त्यस्तै ३ लाख देखि ५ लाख ९९ हजार ९९९ सम्म सहयोग गर्ने दातालाई श्रीमान श्रीमतीको फोटो सहित प्रमाण–पत्र, मार्वलमा तिन पुस्ते नाम लेखिनेछ । यसैगरि ६ लाख देखि ९ लाख ९९ हजार ९९९ सम्म सहयोग दातालाई श्रीमान श्रीमतीको फोटो सहित प्रमाण–पत्र, ग्रेनाइट मार्वलमा तिन पुस्ते नाम सहित लेखिनेछ ।
आपतकालिन अर्थ संकलन गर्दै गर्दा कुनै संघ संस्था व्यक्तिगत मार्फत आवश्यक मोटो रकम सहयोग गर्नुहुने महानुभावहरु वा संघ संस्थालाई देवघाट कलेज एवं सम्पूर्ण समिति, उप–समिति परिवारको संयुक्त छलफलको निर्णय अनुसार उक्त संस्थाहरुले मोटो रकम दिनुभएकाहरुको लागि पुन सोदभर्ना स्वरुप आवश्यकता अनुसार फिर्ता गरिने अध्यक्ष श्रेष्ठले बताए ।
त्यसैगरि आपतकालिन रकम १५ लाख र १८ लाख कुनै पनि व्यक्ति वा संघ संस्था मार्फत देवघाट कलेज सन्ंचालनका लागि तिर्नुपर्ने रकम आउँदो २०८२ वैशाख ३१ गते भित्र सोधभर्ना स्वरुप दिने संघ संस्था व्यक्तिहरुलाई सम्मान कार्यक्रममा सहभागिता गराई सम्मान समान गरिने पनि श्रेष्ठले बताए ।












