प्रधानमन्त्रीको प्रश्न– प्रहरीमाथि किच्न जानेहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान् ?

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख १८

प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकिएको निरंकुश राजतन्त्र फर्काउने सपना देख्नेहरूविरुद्ध एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले बिहीबार काठमाडौंको भृकटीमण्डपमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले जनताको आन्दोलनबाट फालिसकिएको निरंकुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरू सक्रिय भएकाले त्यसविरुद्ध एकतावद्ध भएर लाग्नुपर्ने उल्लेख गरे । “फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो,” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जानेहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको उल्लेख गरे ।

उनले मुलुकको सभ्यता र संस्कृतिमा चुनौती दिनेलाई जवाफ दिन सक्नुपर्नेमा जोड दिए । आफूहरू समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा लिएर सुनौलो भविष्य बोकेर अघि बढिरहेको उल्लेख गर्दै रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले मजदुरहरूको हक अधिकार स्थापित गर्न सरकार सचेत रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य