एमालेले पार्टी सदस्यता साढे ७ लाख पु¥याउने

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख १८

नेकपा (एमाले) ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्य संख्या ७ लाख ५० हजार पु¥याउने जनाएको छ। यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको र विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पु¥याउने लक्ष्य लिएको संगठन विभाग सचिव माधव ढुंगेलले बताए ।

उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ। ‘नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,’ उनले भने, ‘त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।’

सचिव ढुंगेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए। उनले भने, ‘आगामी विधान महाधिवेशनसम्म सात लाख ५० हजार पु–याउने हाम्रो लक्ष्य हो ।’ एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय