भिमाद नगरपालिकाको सेवा केन्द्र भानुमतीमा

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १९

भिमाद नगरपालिकाले वडा नम्बर ८ को भानुमतीमा सेवा केन्द्र स्थापना गरेको छ । उक्त सेवा केन्द्रको शुक्रबार भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले उद्घाटन गरे ।

वडा नम्बर ८ को कार्यालयमा स्थापना गरिएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले नागरिकलाई छिटो छरितो र सहज रुपमा सेवा प्रवाह गर्न सेवा केन्द्र स्थापना गरिएको बताए । उनले साताको दुई दिन विहिबार र शुक्रबार उक्त सेवा केन्द्रबाट नागरिकलाई सेवा उपलब्ध गराईने बताए ।

सो कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष अणबहादुर शाहीले पनि सर्वसाधारणलाई सरल र सहज रूपमा सेवा प्रवाह गर्न हप्तामा दुई दिन (बिहिबार र शुक्रबार ) सेवा केन्द्र बाट सेवा प्रवाह गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि