आबुँखैरेनीका कृषकलाई उन्नत जातको व्याड बोका वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

आँबुखैरेनी गाउँपालिकाले कृषकहरुलाई उन्नत जातको व्याड बोका वितरण गरेको छ । गाउँपालिकाको स्वीकृत नीति तथा कार्यक्रम ‘उन्नत जातको व्याड बोका वितरण’ कार्यक्रम अन्तर्गत कृषि फर्म÷कृषक समुहहरुको माग बमोजिम विहिबार उच्च प्रजनन् क्षमता भएका ८ वटा जमुनापारी क्रस र १५ वटा बोएर क्रस जातको बोकाहरु प्रजननको लागि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त अवसरमा गाउँपालिकाद्वारा कृषहकरुलाई वितरित बोकाहरुको निःशुल्क बीमा पनि गरिएको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानले गाउँपालिका भित्र उत्पादित खसीबोकाहरुको सहज बजारिकरण र उत्पादनको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अध्यक्ष चुमानले आगामी आर्थिक वर्षमा उत्पादनमा आधारित अनुदान कार्यक्रममा खसीबोकाको मासुलाई पनि समावेश गर्ने योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि