आबुँखैरेनीका कृषकलाई उन्नत जातको व्याड बोका वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

आँबुखैरेनी गाउँपालिकाले कृषकहरुलाई उन्नत जातको व्याड बोका वितरण गरेको छ । गाउँपालिकाको स्वीकृत नीति तथा कार्यक्रम ‘उन्नत जातको व्याड बोका वितरण’ कार्यक्रम अन्तर्गत कृषि फर्म÷कृषक समुहहरुको माग बमोजिम विहिबार उच्च प्रजनन् क्षमता भएका ८ वटा जमुनापारी क्रस र १५ वटा बोएर क्रस जातको बोकाहरु प्रजननको लागि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त अवसरमा गाउँपालिकाद्वारा कृषहकरुलाई वितरित बोकाहरुको निःशुल्क बीमा पनि गरिएको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानले गाउँपालिका भित्र उत्पादित खसीबोकाहरुको सहज बजारिकरण र उत्पादनको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अध्यक्ष चुमानले आगामी आर्थिक वर्षमा उत्पादनमा आधारित अनुदान कार्यक्रममा खसीबोकाको मासुलाई पनि समावेश गर्ने योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो