घिरिङको नयाँटारमा बुद्व जयन्ती तथा चण्डी पूर्णिमा मेला सम्पन्न

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, बैशाख ३०

घिरिङ गाउँपालिका–४ नयाँटारमा बुद्व जयन्ती तथा चण्डी पूर्णिमा मेला सम्पन्न भएको छ । नयाँटार युवा क्लबको आयोजनामा वैशाख २५ देखि २९ गते सम्म सन्चालन भएको सो मेलामा शुद्व साविक वडा स्तरीय पुरुष भलिबल प्रियोगिता तथा साँस्कृतिक प्रस्तुती सहितको कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त भलिबल प्रतियोगितामा राम्जाकोट युवा क्लब प्रथम, सिउन युवा क्लब द्वित्तीय तथा आयोजक तृतिय भएका छन् । यस्तै बेस्ट स्पाइकर अमृत गेलाङ र वेस्ट सेटर मिलन गाहा मगरले पाए । सो मेलाको सोमबार समापन कार्यक्रममा प्रथम, द्वितीय र तृतीय विजेतालाई क्रमश ३३ हजार, २३ हजार र १३ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेता टीमलाई घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले पुरस्कार वितरण गरेका थिए । यस्तै कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष भीम बहादुर कुमाल, कार्यपालिका सदस्य रिमा कुमाल, नेकपा एमाले घिरिङ गाउँ कमिटी अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

उक्त अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी दाताहरु लाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय