किशोर बुद्ध बिहारमा धम्महल तथा कमलपोखरीको सांसद भन्डारीद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, बैशाख ३०

२६४९ औं बुद्ध जयन्तीको अवसरमा पूर्व मन्त्री तथा सांसद शंकर भण्डारीले किशोर बुद्ध बिहारमा धम्महल तथा कमलपोखरीको उद्घाटन गरेका छन्। घिरिङ गाउँपालिका -१ भन्टार स्थित नवनिर्मित बुद्ध बिहारको सोमबार सांसद भण्डारीले बौद्ध परम्परा अनुसार दियो बालेर उद्घाटन गरेका हुन्। बौद्ध विहार संरचना निर्माणका लागि पृथ्बीमान थापा, बुद्धिमान थापा र देवेन्द्र थापाको परिवार बाट संयुक्त रुपमा १ करोड, अन्य सहयोगी दाताहरु बाट ३५ लाख, प्रदेश सरकारबाट १० लाख र घिरिङ गाउँपालिका बाट दुई लाख ५० हजार गरी करिब १ करोड ४७ लाख लागतमा बनेको हो।

सो कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले घिरिङका धार्मिक स्थलहरूको संरक्षण, सम्वर्धन एबम् विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समन्वय भैरहेको बताए। आफु ॐकार परिवारको भएकोले नेपाललाई सनातन हिन्दु राष्ट्रको रुपमा स्थापित गर्ने अभियानमा रहेको उनको भनाई थियो, तथापि बौद्ध धर्मको पनि छुट्टै विशेषता छ उनले भने। घिरिङको धार्मिक, एतिहासिक तथा समग्र विकासमा केन्द्रित छु, कृष्ण मोटरमार्ग र श्रृङ्गपथ मोटरमार्गको मुद्धा निष्कर्षमा पुर्याउन सम्बन्धित निकायहरुमा पहल भइरहेको भण्डारीले बताए।

सो कार्यक्रमको अवसरमा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले नेपालमा जन्मिएका महामानव गौतम बुद्धले विश्वलाई शान्तिको ज्ञान दिए तर नेपालीहरु दलीय, जातीय, सामाजिक, पारिवारिक लडाईले गर्दा इतिहास बोकेको देशको पहिचानमा दाग लाग्ने बताए। बुद्धले दिएको ज्ञान लोभ नगर्ने, चोरी नगर्ने, झुट नबोल्ने र हिंसा गर्न नहुने जस्ता वचनलाई आत्मसाथ गरेमात्र पनि नेपालीमा इमान्दारिता बढ्ने थियो उनले भने अन्य मुलुकमा धर्मको कारण युद्ध भइरहेको उदाहरण दिँदै नेपालमा पनि लोभमा परी विदेशी धर्म प्रति आकर्षण हुनुले नेपालको संस्कार संस्कृति मेटिने बताए।

पृथ्बीमान थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस केन्द्रिय सदस्य पुष्प पराजुली, काङ्ग्रेस नेता कृष्ण प्रसाद गौतम र एमाले गाउँकमिटी अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। सो कार्यक्रममा किशोर बौद्ध विहार निर्माणका अभियन्ताहरु बुद्धिमान थापा र देवेन्द्र थापालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो।

सो कार्यक्रम संचालन पूर्व वडा अध्यक्ष गंगाराम कुमालले गरेका थिए भने वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासेनीले स्वागत मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो