मदन–आश्रीत स्मृति दिवसः दुर्घटनास्थल दासढुंगा पुगेर नेताहरुले सम्झिए मदन र आश्रीतको योगदान

Devghat Online

शेयर गरौ

चितवन । जेठ ३

३२ औं मदन आश्रीत स्मृति दिवसका अवसरमा शनिबार चितवनको दासढुंगामा स्मृति सभा सम्पन्न भएको छ । नेकपा एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन भरतपुर चितवनको समन्वयमा भरतपुरको दासढुंगास्थित मदन आश्रीत स्मृति पार्कमा सभा आयोजना गरिएको हो । मदन आश्रीतको शालिकमा माल्यार्पण गरी मदन आश्रीतप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमयी तरिकाले जिप दुर्घटना हुँदा निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । अन्य विभिन्न कम्युनिष्ट पार्टीहरुले पनि मदन भण्डारीको स्मृति सभा मनाउने गर्दछन् ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्दान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । त्यहि ‘जबज’ लाई नेकपा एमालेले अनुसरण गरिरहेको छ ।

उक्त स्मृति सभालाई सम्वोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रीतसँग आफूले बिताएका पलहरुका बारेमा सुनाए । मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको बताउँदै पाण्डेले भने ‘उहाँको एउटा महत्वपूर्ण कुरा भिन्न कोणबाट कसैले कुरा ग¥यो भने त्यो कुरालाई तुरुन्तै ड्राफ्ट गर्नुहुन्थ्यो । यो तपाईंले भनेको कुरा मिल्दैन नि कमरेड ? भनेर कसैले भन्यो भने या त उहाँले त्यसलाई कन्भिन्स गर्नुहुन्थ्यो, कि तपाईंले भनेको कुरा ठीक हो ल हिँड्नुस् भन्नुहुन्थ्यो ।’ त्यस्तै जीवराज आश्रीतलाई स्मरण गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘जतिसुकै कठिनाई भए पनि आफ्नो दुःख नदेखाउने नेता हुनुहुन्थ्यो उहाँ ।’

एमाले स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले नेपालको राजनीतिको सफल सिद्दान्त ‘जनताको बहुदलीय जनवाद’ भएको बताउँदै तीन दशकको अभ्यासबाट यसको प्रमाणित भइसकेको बताए । मदन भण्डारीको विचार र सिद्दान्त अनुसारको व्यवहार हुनुपर्ने बताउँदै उनले आजको आवश्यकता सच्चा कम्युनिष्ट भएर देश र जनताका लागि समर्पित हुनु रहेको बताए ।

जीवराज आश्रीतका छोरा डा. सागर न्यौपानेले देशको परिवर्तनको बाहक मदन भण्डारी र आफ्ना वुवा जिवराज आश्रीतलाई षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले हत्या गरिएको बताए ।

उक्त कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक लगायतले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी