मुसेखोलामा मनाईयो मदन–आश्रीत स्मृति दिवस

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ३

३२ औं मदन–आश्रीत स्मृति दिवसका अवसरमा शनिबार व्यास नगरपालिका १ को मुसेखोलामा स्मृति दिवसको कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले व्यास नगरपालिका वडा नम्बर १ वडा कमिटिको आयोजनामा पृथ्वीराजमार्गको मुसेखोला स्थित मदन आश्रित स्मृति प्रतिक्षालयमा स्मृति दिवसको कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा मदन आश्रीतको तश्विरमा माल्यार्पण गरी मदन आश्रीतप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

वडा कमिटिका अध्यक्ष लालप्रसाद तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर राना, प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । उक्त अवसरमा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमयी तरिकाले जिप दुर्घटना हुँदा निधन भएको थियो । पृथ्वीराजमार्ग हुँदै चितवन जाने क्रममा नेताद्वयको दुर्घटनामा परि निधन भएको हुँदा मुसेखोला स्थित पृथ्वीरामार्जको किनारमा मदन आश्रीत प्रतिक्षालय निर्माण गरि एमाले व्यास नपा वडा नम्बर १ कमिटिले हरेक वर्ष जेठ ३ गते स्मृति दिवसको कार्यक्रम गर्दै आएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्दान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । त्यहि ‘जबज’ लाई नेकपा एमालेले अनुसरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ