हावाहुरीले देवघाटमा कागतीखेतीमा क्षती

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, जेठ ३

गत जेठ १ र २ गते आएको हावाहुरीले देवघाट गाउँपालिका–२ खाल्टेमा कागती खेतीमा ठुलो क्षती पु¥याएको छ । हावाहुरीले वडा नम्बर २ का मनिष मल्लको कागती खेतीमा ठुलो क्षती पु¥याएको कृषक ठकुरीले बताए ।

‘देशमै केही गरौ भन्ने सोच लिएर करिव ७ वर्ष अगाडि देखि कागती खेती गर्दै आएको थिएँ, मल्लले भने ‘अहिले हावाहुरीले ठुलो क्षती बनायो ।’ मल्लले करिव २० रोपनी जमिनमा ५०० बोट भन्दा माथि कागती खेती गरेका थिए । हावाहुरी र पानीले ५० भन्दा माथि बोटहरुमा क्षती पु¥याएको मल्लले बताए ।

बर्षाैं मेहनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षती पु¥याउँदै आएको मल्लले बताए । यस्तो घटनाले देशमै केही गर्छौ भन्ने युवाहरु निराश पार्ने मल्लले बताए । हावाहुरीले हरेक वर्ष ४०/५० वटा बोटहरु नष्ट गरेको र सो नष्ट गरेको खर्चको मूल्य ३/४ लाख भएपनि राहत भने १०/१५ हजार मात्र पाउँदा किसानलाइ मर्का पर्ने ठकुरीले बताए ।

आफुले ७ वर्ष अगाडिबाट कागति खेतीमा दिन रात नभनी मिहेनेत गर्दै आएको तर स्थानिय तह र सम्बन्धित निकायको ध्यानाकर्षण नहुँदा हरेक युवाहरुको अन्तिम विकल्पनै विदेश जानू हो भन्ने सोच आउने मल्लले बताए । पछिल्लो समयमा हरेक युवाहरु बैदिशिक रोजगारमा गइरहदा केही युवाहरुले नेपालमै केही गर्छु भन्ने युवाहरुलाइ पनि सम्बन्धि निकायको साथ र सहयोग नभएको मल्लले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी