पोखरेलफाँटमा परम्परागत तरकारी वालीको प्रवद्र्धन गर्नु आवश्यकः नगरप्रमुख न्यौपाने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ४

व्यास नगरपलिकाका प्रमुख वैकुण्ठ न्यौपानेले परम्परागत खेती र यसको प्रणलीलाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको वताएका छन् । व्यास नगरपालिकको सहयोगमा गोवर्धन शर्मा स्मृति कोष, कृषि अध्ययन अनुसन्धान कार्यक्रम अन्र्तगत व्यास, १० पोखरेलफाँटमा आयोजीत परम्परागत अर्गानिक तरकारी वाली प्रवर्धन कृषि तालिमको सुरुवात गर्दे प्रमुख न्यौपानेले नगरपलिकाले परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्न पालिका भित्रका किसानहरुलाई विभिन्न कार्यक्रम संचालन गरेको तथापी सोचेनुरुपको प्रतिफल प्राप्त हुन नसकेको उल्लेख गरे ।

प्रमुख न्यौपानेले हाम्रा मौलिक विउ विजनहरु लोप हुदै जाँदा कृषि प्रणालीमै असर पर्ने हो कि भन्ने चिन्ता देखिएकाले यसको संरक्षणका लागि स्थानीय कृषकहरुको भुमिका महत्वपुर्ण हुने वताए । गोवर्धन शर्मा स्मृति कोषका अध्यक्ष एवं संविधान सभासदस्य रामचन्द्र पोखरेलले परम्परागत कृषिलाई जोगाउन पर्छ भनेर कृषक र शिक्षकहरुलाई समेत तालिम प्रदान गर्दे आएको उल्लेख गरे ।

ज्ञान हस्तान्तरणमा शिक्षकको भुमिका प्रभावकारी हुने भएकाले उनीहरुलाई तालिम दिएको र यसले विधार्थी हुदै अभिावक सम्म ज्ञान हस्तान्तरण हुने विश्वास व्यक्त गरे । व्यास १० का कृषक मनीराम पाण्डेले परम्परागत खेती जोगाउने चुनौती भैरहेका वेला यस्तो तालिम आफु जस्ता किसानहरुलाई लाभदायक भएको वताए ।

तालिममा व्यास नगरपालिका अन्र्तगतका ३० भन्दा वढि किसान र शिक्षकहरुको सहभागिता थियो । उद्दघाटन सत्रमा गण्डकी प्रदेशकी पुर्व सांसद सरिता गुरुङ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेल, तनहँु काँगेसका नेता समुन्द्र गोदार, संघीय सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रेस संयोजक प्रवीण पोखरेल, विभिन्न वडाका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको