अटो सन्चालन गर्न भानु नगरपालिकाको अनुमती

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ६

भानु नगरपालिका भित्र सन्चालनमा रहेको पबित्र कालिका प्रालिको २५ वटा अटोलाई सन्चालन अनुमति प्रदान गरिएको छ । सोमबार नगरपालिकामा आयोजित कार्यक्रममा उक्त अटोहरुलाई रुट इजाजतपत्र प्रदान गरिएको छ ।

उक्त अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले रुट इजाजतपत्र अत्यन्तै महत्वपूर्ण कानुनी कागजात रहेको र रुट इजाजतपत्र लिएका अटोलाई भानु नगरपालिका भित्र बैधानिक रुपमा सन्चालन गर्न अधिकार प्रदान गरेको बताए ।

उपप्रमुख उमा गोतामेले रुट इजाजतपत्र प्राप्त सवारीले नगरपालिकाबाट प्रदान गरिने सेवा, सुबिधा तथा अभिमुखिकरण कार्यक्रममा सहभागी जनाउन सक्नुका साथै सुरक्षित र व्यवस्थित यातायात प्रणाली स्थापित गर्नका लागि पनि रुट इजाजतपत्र अपिरिहार्य रहेको बताइन् ।

अटो, रिक्सा/ईलेक्ट्रिक रिक्सा तथा टेम्पो रूट ईजाजत कार्यविधि ,२०८१ बमोजिम प्रचलित कानूनको अधीनमा रही सवारी सन्चालनको लागि अब पवित्र कालिका यातायात प्रालि कम्पनीमा आवद्व रहेका २५ टेम्पो (अटो) लाई १ वर्षको लागि रूट ईजाजत प्रदान गरिएको नगरपालिकाले जनाएको छ । रुट इजाजत प्राप्त अटोहरुको भाडा दर पनि चाँडै नै कायम हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले