भिमादमा उद्घोषण तालिम सञ्चालन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ७

भिमाद नगरपालिकामा महिलाहरूको नेतृत्व विकास गर्ने उद्देश्य सहित उद्घोषण तालिम सञ्चालन भएको छ । भिमाद नगरपालिका वडा नम्बर ७ को आयोजनामा जेठ ५ देखि सञ्चालन भएको ५ दिने उद्घोषण तालिमको वडाध्यक्ष प्रकाश श्रेष्ठले उद्घाटन गरे ।

वडा नम्बर ७ पोखरीछाप स्थित वडा कार्यालयको सभाहलमा सञ्चालन भएको सो तालिमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले महिलाहरुको व्यक्तित्व विकासमा जोड दिँदै तालिम सञ्चालन गरिएको बताए । साथै यस तालिम बाट आफ्नो स्तर परिवर्तन गरी व्यक्तित्व विकास गर्न सक्नुपर्ने तथा महिलाहरुले कुनै पनि कुरा सम्बन्धित निकायमा निर्धक्क भएर राख्न सक्ने देखि राजनीतिक पहुँच बढाउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

सो तालिम वडा सदस्य कृष्ण कुमारी कँडेलको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको थियो । सो अवसरमा पूर्व कार्यपालिका सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य डिना गोतामे, सञ्चारकर्मी शालिकराम गहतराजले तालिम सफलताको शुभकामना मन्तव्य राखेका थिए । यस्तै कार्यक्रममा वडा सदस्यहरू रञ्जना परियार, जिम राना र श्यामकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

उक्त तालिममा नगरपालिकाको वडा नम्बर ७ का सबै टोल बाट प्रतिनिधित्व गरि ३० जना महिलाहरू सहभागी भएका थिए । महिलाहरुलाई सशक्त बनाउने, क्षमता अभिबृद्धि र ब्यक्तित्व बिकास गर्ने उदेश्यले आयोजना गरेको सो तालिममा सहजकर्ताको रुपमा पत्रकार अन्जान परियार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा होः राष्ट्रपति पौडेल

काठमाडौं । जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार