व्यासको कार्यपालिका बैठकः विपदजन्य सहयोगी सामाग्री खरिदमा रकम विनियोजन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ७

व्यास नगरपालिकाको कार्यपालिका बैठक बुधबार दमौलीमा सम्पन्न भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा उक्त बैठकले विद्यमान समयमा विपदजन्य घटनाक्रम बढीरहेकाले विपतजन्य कार्यमा सहयोगी सामग्री खरिदका लागि विपद कोषवाट खर्च हुने गरी एघार लाख पचास रुपयाँ तत्कालका लागि विनियोजन गर्ने निर्णय गरेको छ ।

बैठकले नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्ति गर्नका लागि बाँकी केही सामुदायिक विद्यालयहरूमा प्रक्रिया पूरा गरी सिफारिस भई आएकाले अनुमोदन गर्ने निर्णय गरेको छ । त्यस्तै व्यास नगरपालिकाको जग्गा वर्गीकरण प्रतिवेदन अनुमोदन गरी व्यास नगरपालिका स्थानीय राजपत्रमा वर्गीकरण विवरण प्रकाशित गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।

यसैगरि बुधबार भएको आ.व २०८२÷०८३ को बजेट तयारी सम्वन्धमा नगरसभा सदस्यहरू, संघ, प्रदेश, जिल्ला समन्वयका वर्तमान एवं निवर्तमान प्रतिनिधि, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि, शिक्षा समिति प्रतिनिधि समेतको उपस्थितिमा भएको कार्यक्रमाम विज्ञ सदस्य एवं योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिश चन्द्र पोखरेल, गण्डकी प्रदेश योजना तथा नीति आयोगका पूर्व उपाध्यक्ष डा.रघुनाथ काफ्ले, शिक्षाविद डाक्टर उषा पोखरेल, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे द्वारा प्रस्तुत विषयवस्तु र सान्दर्भिकताको समीक्षा गरी सहभागी सबैमा धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा होः राष्ट्रपति पौडेल

काठमाडौं । जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार