गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

Devghat Online

शेयर गरौ

पोखरा । जेठ ८

पोखरा महानगरपालिका वडा नं. १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ । कोटिहोम नियमित सञ्चालन भइरहेको बेला आज स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् । माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानिय शारदा पंगेनीले बताएकी छन् ।

उनले भनिन–“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा भावी पुस्ताहरुले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी ताजा राख्नको लागि कोटिहोम चोक भनेर नामकरण गरिएको हो ।” उनले थपिन–हामी धन्य रहेछौं हाम्रो आगनमा आएर अहिले सम्म नदेखेको कोटिहोमको दर्शन गर्ने अवसर पायौं ।

त्यस्तै अर्का स्थानिय धनी प्रसाद ढकालले भने –“हामी कोटिहोम चोक बनाएर अहिले सानो बोर्ड मात्र स्थापना गरेका छौं,यो कोटिहोम महायज्ञको इतिहास जिवन्त गर्नका लागि अर्को बर्ष स्थानियको सक्रियतामा नै ठूलो प्रवेशद्धार निर्माण गर्ने छौं ।”

त्यस्तै अर्का स्थानिय बिनोद केसीले नयाँ मान्छे आउदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला कोटिहोम महायज्ञ र कोटिहोम चोक नामाकरण गर्दा हाम्रो पहिचान नै उच्च रहने बताएका छन् । त्यस्तै बैशाख ९ गते एकादशीको दिन उक्त चोकको अनावरण गर्ने कार्यक्रम रहेको स्थानियको भनाई रहेको छ ।

मानव सेवा फाउण्डेसन नेपाल लगायतको आयोजनामा अहिले सञ्चालन भएको कोटिहोम महायज्ञमा दैनिक बाक्लो भक्तजनको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता