पुलबाट मादी नदीमा बलेरो खस्दा ३ जनाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ११

तनहुँको मादी नदीको पुलबाट बलेरो नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरा तर्फ जादै गरेको ग २ च ५७६० नम्बरको बलेरो गाडी राती ११.३० बजे ब्यास नपा–५ स्थित मादीको पुलदेखी नदिमा खस्न गई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा व्यास नपा–५ बेतेनी बस्ने बर्ष २८ का प्रविन आले, सोही वडाको मानुङसोहरा बस्ने बर्ष २२ का कुसल थापा मगर र सोही ठाउँका २२ बर्षीय कुमार थापा मगर रहेका छन् । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा जिप चालक ब्यास नपा ४ बस्ने बर्ष २४ का सनि बानीयाँ, जिपमा सवार जिल्ला पर्सा प्रनानिपुर–३ बस्ने बर्ष २० को धिरज रोनीयार घाइते भएका छन् । रोनियारको अवस्था गम्भिर रहेको छ । उनको घाँटी, छातीमा भित्री चोट, दायाँ खुट्टामा काटिएको प्रहरीले जनाएको छ । उनको मणिपाल अस्पताल पोखरा उपचार भईरहेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो