तनहुँ । जेठ १२
दमौलीका युवा अभियन्ता महोम्मद गफ्फार सुदिपको नेतृत्वमा बुल्दी खोला सरसफाई गरिने भएको छ । यही जेठ १७ गते शनिबार व्यास नगरपालिकाको वडा नम्बर १,२ र ३ मा पर्ने बुल्दी खोला आसपास क्षेत्रमा (बुल्दी पुल बागबजार देखि व्यास १ र २ को सिमाना बिज्ञानचौर आदिकवि क्याम्पस जाने पुल सम्म) बृहत बुल्दी खोला सरसफाई अभियान सन्चालन गरिने भएको छ ।



उक्त अभियानको बारेमा जानकारी दिन सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सरसफाई अभियन्ता महोम्मद गफ्फार सुदिपले दमौली बजारको मुटु भएर बग्ने बुल्दी खोलाको स्वच्छता कायम राख्ने उद्देश्यले सरसफाई अभियान सन्चालन गरिएको बताए । उनले उक्त अभियान सफलता पुर्वक सम्पन्न गर्न उक्त कार्यक्रममा सहभागिता जनाईदिनुहुन नगरवासीलाई अनुरोध गरेका छन् ।
सरसफाई कार्यक्रम जेठ १७ गते शनिवार विहान ७ बजे ब्यास १ को करडकाठ बसपार्कमा भेला भाई त्यहाँबाट सरसफाई गर्दै व्यास १ र २ को सिमाना आदिकवी क्याम्पस जाने पुलमा आई सम्पन्न हुने भएको छ । उक्त सरसफाई अभियानमा धेरै फोहोर संकलन गर्ने समुहलाई नगद पुरस्कार प्रदान गरिने भएको छ । सुदिपका अनुसार धेरै फोहोर संकलन गर्नेलाई प्रथम पुरस्कार १० हजार र प्रमाण पत्र तथा दोश्रो पुरस्कार नगद ५ हजार र प्रमाण पत्र प्रदान गरिने भएको छ ।
यसबाहेक अन्य दिनमा सरसफाई कार्यक्रमको बढिमा २ मिनेट सम्मको भिडियो बनाई ९८६४३७७७८४ मा ह्वाट्सएप गर्नुपर्ने र उक्त भिडियो भ्युजको आधारमा प्रथम र दोस्रो बिजेता बनाइने क्रमश ५ हजार र २ हजार ५ सय नगद सहित प्रमाण पत्र प्रदान गरिने भएको छ । जेठठ २० गते देखी भिडियो अपलोड गरिने र असारको १९ गते बेलुकी ५ बजे सम्मको भ्युजको आधारमा विजेता निर्धारित गरी असार २० गते पुरस्कार वितरण गरिने सुदिपले जानकारी दिए ।












