आबुँखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १२

आवुँखैरेनी गाउँपालिकालाई आइतबार पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आवुँखैरेनी गाउँपालिकाले खोप सम्बन्धी सबै कार्य पूरा गरेपछि पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका ६ वटै वडाका सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भए पछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । गाउँपालिकाको सवै वडाका ८ वटा स्वास्थ्य चौकीका प्रमुखहरुलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

‘स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता १५ देखी ५९ महिना उमेर भित्र सबै खोप हरु पुरागरी बालबालिकाहरुलाइ रोगबाट सुरक्षित बनाऔं’ भन्ने नाराका साथ सुरु भएको कार्यक्रम अन्तर्गत खोप अभियान पुरा भएको थियो ।

गाउँपालिका शुक्र चुमानले पालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको बताए । गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो रहेको बताए । गाउँपालिका भित्रका कोही बालबालिका पनि खोपबाट वञ्चित नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण