घिरिङको दुई वडा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १३

घिरिङ गाउँपालिकाको वडा नम्बर ४ र ५ लाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । वडा खोप समन्वय समितीको आयोजनामा सोमबार आयोजित कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले सम्बन्धित वडालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्चालित खोप अभियान पुर्ण भएपछि वडा नम्बर ४ र ५ लई पुर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए । स्वास्थ्यकर्मिहरुको घरधुरी सर्वेक्षणले देखाएको तथ्यांक अनुसार वडा भित्रका १६ देखि ५९ महिना सम्मका बालबालिकाले पुर्ण खोप प्राप्त गरे पछि उक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा स्तरीय खोप समन्वय समिति वडा नम्बर ४ को आयोजनामा फुला आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको कार्यक्रममा १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरूले १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता घोषणा गरिएको थियो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, वडा नम्बर ४ का अध्यक्ष भिम बहादुर कुमाल, स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाल, वडाका जनप्रतिनिधिहरु, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, स्वयंसेविका तथा सञ्चारकर्मी लगायतको उपस्थितिमा घोषणा गरिएको हो ।

त्यसैगरि वडा स्तरीय खोप समन्वय समिति वडा नम्बर ५ को आयोजनामा साभुङ्ग हटिया स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा १६ महिना देखि ५९ महिना सम्मका बालबालिका हरूले १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता घोषणा गरिएको हो ।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, वडा नम्बर ५ का अध्यक्ष विष्णु वीर आले, स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाल, वडाका जनप्रतिनिधिहरु, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, स्वयंसेविका तथा सञ्चारकर्मी लगायतको उपस्थितिमा घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि