घुमाउनेको झोलुङ्गे पुल मर्मत, १५ दिन आवतजावत बन्द

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १७

चितवको भरतपुर महानगरपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको छ । गत वर्षको बाढीका कारण क्षतिग्रस्त भएको उक्त पुल शुक्रबारबाट मर्मत कार्य थालिएको हो ।

यसैविच आबुँखैरेनी गाउपालिकाले सूचना जारी गर्दै मिति २०८२ साल जेठ १७ गतेदेखि असार १ गतेसम्म पुल पूर्णरूपमा बन्द रहने जानकारी दिएको छ । गाउँपालिकाका अनुसार मर्मतका क्रममा पुलका अधिकांश भागहरू हटाउनुपर्ने भएकाले सो समयमा आवतजावत असम्भव हुनेछ ।

मर्मत कार्य सम्पन्न नभएसम्म सर्वसाधारणले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक