तनहुँ । जेठ १९
सार्वजानिक यातयात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा आईतबारबाट भएको सार्वजानिक यातयात बन्दको कारण देशभरको जनजिवन प्रभावित भएको छ । बन्दको कारण सर्वसाधरण मारमा परेका छन् ।



गन्डकी प्रदेशमा गत चार दिन देखी सार्वजानिक यातयात ठप्प भएर आम जनताले सास्ती भोग्नुपरिरहेको बेला सार्वजानिक यातयात बचाउ केन्द्रीय संघर्ष समिति सार्वजानिक यातयात केन्द्रीय महासंघ नेपाल, नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातयात व्यवसायी महासंघ, नेपाल यातयात स्वतन्त्र मजदुर संगठन, नेपाल यातयात मजदुर संघ, अखिल नेपाल यातयात मजदुर संघ तथा एकिकृत यातयात मजदुर संगठनको आह्वानमा आइतबारबाट सबै सार्वजानिक सवारी साधन मिती घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेका थिए ।
गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुने गरि राईडर शेयरिङ्को नाममा निजी प्रयोजनको लागी खरिद गरिएका पुराना १० बर्षे २ पाङ्ग्रे सवारी साधन, १५ बर्षे पुराना निजी ४ पाङ्ग्रे सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्ने गरि गत २०८२ बैशाख ३१ गते गण्डकी प्रदेश सरकारको मन्त्री परिषदबाट निर्णय गरि २०८२ जेठ ११ गते गण्डकी प्रदेश राईड शेयरिङ्ग नियमावली २०८२ राजपत्र प्रकाशित गरि निजी सवारी साधनलाई भाडामा सन्चालन गर्ने गरि नियमावली बनाई कार्यान्वयन तर्फ अगाडी बढेको भन्दै सार्वजानिक यातयात बचाउ केन्द्रीय संघर्ष समितिले यातयात बन्दको आह्वान गरेको हो ।
गन्डकी प्रदेश सरकारको उक्त निर्णय स्थगित गर्न गण्डकी प्रदेश सरकार, संघीय सरकारका सम्बन्धित मन्त्रालहरुयमा माग पत्र सहित पटक–पटक ध्यानाकर्षण पत्र बुझाई यथाशिघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाई नभएको हुदा यातयात व्यवसायी, मजदुरका समस्या राखी ७ बँुदे माग पत्र नेपाल सरकार समक्ष पेश गरे पनि सुनुवाई नभएको भन्दै संघर्ष समितिले यातयात बन्द गर्नु परेको जनाएको छ ।
उक्त मागको बारेमा नेपाल सरकारले सुनुवाई नगरेको हुँदा बाध्य भई आइतबारदेखी सबै सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको संघर्ष समितिले जनाएको छ ।
यातयात बन्दको कारण सर्वसाधरणले निकै मार खेप्नु परेको छ । लामो तथा छोटो दुरीका सार्वजानिक सवारी साधन नचल्दा विरामी, जेष्ठ नागरिक, बालबालिका तथा रोजगारीमा जानुपर्नेहरु अलि बढि मारमा परेका थिए । तनहुँमा पनि यातयात बन्दको पुर्ण प्रभाव परेको छ । यातयात व्यवसायी र यातयात मजदुरहरु सडकमा आएर सवारी साधन सन्चालनमा रोक लगाएका थिए ।
सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन
सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।
‘हाम्रो माग तत्कालको लागि नियमावली स्थगित गर्नुपर्छ र सङ्घीय ऐन बनेपछि त्यसको अनुकूल हुने गरी बनाउनुपर्छ भन्ने हो, यसमा कुनै निष्कर्ष निस्किएन, भोलि फेरि बस्ने कुरा भएको छ’ उनले भने ।
यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले आजको छलफल सकारात्मक भएको बताए । तर, निर्णयमा पुग्न नसकिएकोले भोलि बस्ने गरी छलफल स्थगित भएको तिवारीले जानकारी दिए ।












