देवघाटमा जेष्ठ नागरिकलाई सम्मान

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २०

देवघाट गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर गाउँपालिकाले वडा नम्बर ४ का ८५ बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरुङ र वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले जेष्ठ नागरिकको घरमै पुगेर सम्मान गरेका थिए ।

सो अवसरमा जेष्ठ नागरिकलाई खादा सहित लौरो र एकथान टर्च लाईट उपलब्ध गराईएको थियो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जेष्ठ नागरिक प्रति सबैले आदर र सम्मानको व्यवहार गर्नुपर्ने बताए ।

यस अघि गाउँपालिकाले गणतन्त्र दिवसको दिन जेठ १५ गते वडा नम्बर ५ का जेष्ठ नागरिकलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता