देवघाटका विभिन्न योजनाहरुको अध्यक्ष थापाद्वारा अनुगमन

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २१

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले वडा नम्बर २ मा सन्चालित विभिन्न योजनाहरुको अनुगमन गरेका छन् ।
अध्यक्ष थापाले बुधबार वडा नम्बर २ का विभिन्न ४ वटा योजनाहरुको अनुगमन गरेका थिए । उक्त अवसरमा दरौँखोला बाँध निर्माण, चिम्नी खोला बाँध, जरमखोला लामो कुलो मर्मतको स्थलगत अनुगमन गरेका थिए ।

दरौं खोला बाँध निर्माण योजना गाउँपालिकाको १० लाख तथा र उपभोक्ताको २० प्रतिशत सहभागीतामा निर्माण भएको थियो । त्यस्तै चिम्नी खोला बाँध पाँच लाख रूपैया लागतमा निर्माण गरिएको हो ।

त्यस्तै जरमखोला लामो कुलो योजना छ लाख ४० हजार रूपैयाँ लागतमा निर्माण गरिएको हो । ति सबै योजनाहरु चालू आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

उक्त अनुगमनमा गाउँपालिकाका अध्यक्ष थापा सहित, वडा नम्बर २ का अध्यक्ष मीनबहादुर रानामगर, गाउँपालिकाका प्राविधिक अशोक पराजुली लगायत थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन