आबुँखैरेनीमा ८० वर्ष माथिका १८ दलित जेष्ठ नागरिकलाई सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २१

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आबुँखैरेनी गाउँपालिकामा ८० वर्ष माथिका १८ दलित जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आबुँखैरेनी गाउँपालिकाको आयोजना तथा दलित वर्ग उत्थान गाउँ समन्वय समितिको समन्वयमा ‘जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरौं’ भन्ने नारासहित १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस तथा दलित जेष्ठ नागरिक सम्मान कार्यक्रम आबुखैरेनी गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ ।

आबुँखैरेनी गाउँपालिका कार्यपालिका सदस्य गंगा विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शुक्र चुमानले दलित समुदायलाई सधैं प्राथमिकता दिएर नीति तथा कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिए । इलाका प्रहरी कार्यालयका प्रमुख टेकप्रसाद सुबेदीले छुवाछुत तथा जातीय भेदभाव सम्बन्धी कानुनी संरचना र दण्डनीय व्यवस्थाबारे स्पष्ट पारेका थिए ।

कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल तथा विभिन्न वडा अध्यक्षहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा वक्ताहरुले दलित समुदायले भोग्दै आएका सामाजिक दमन, विभेद र त्यसले पार्ने मानसिक तथा आर्थिक असरबारे गहन मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा गाउँपालिकाभित्र रहेका ८० वर्षमाथिका १८ जना दलित जेष्ठ नागरिकहरूलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो भने सोही अवसरमा गाउँपालिकामा निर्वाचित ८ जना दलित जनप्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता