भिमाद नगरपालिकाको नगर सभाको विशेष अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २१

भिमाद नगरपालिकाको नगर सभाको विशेष अधिवेशन बुधबार नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको छ ।

नगर सभाको उक्त विशेष अधिवेशनमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपप्रमुख शारदा खनालले भिमाद नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत नगर विकास योजनाको कार्यक्रम तथा बजेट रकमान्तर संशोधन तथा नयाँ योजना सम्बन्धमा बनेको विनियोजन विधेयक, २०८१, लेखा समितिका संयोजक वीर बहादुर बस्यालले आ.व. २०८०/०८१ को अन्तिम लेखापरिक्षण प्रतिवेदनमा उल्लेखित नियमित गर्नुपर्ने बेरुजुहरुहरु, आर्थिक विकास समितिका संयोजक प्रकाश श्रेष्ठले भू–उपयोगको क्षेत्र परिवर्तन सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

सभामा पेश भएका प्रस्तावहरू स्वीकृत गरि नगरपालिकाका नगर प्रमुख सुवेदीले विभिन्न प्रस्ताव पेश गर्ने तथा छलफलमा सहभागी हुने सम्पूर्ण नगर सभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको

खाल्टेमा माघे सक्रान्तिमा बृहत् सास्कृृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता हुने

विष्णु मगर । देवघाट, पुस २८ माघे सक्रान्ति पर्वको अवसरमा देवघाट गाउँपालिका–२ खाल्टेमा बृहत सांस्कृतिक