वातावरण दिवसको अवसरमा देवघाटमा बृक्षारोपण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, जेठ २२

५२ अौं विश्व वातावरण दिवसकाे अबसरमा देवघाटमा बृक्षारोपण गरिएको छ । रानिवन सामुदायिक वनको आयोजना एवं सव डिभिजन वन कार्यालय देवघाटको समन्वयमा वृक्षराेपण एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। उक्त अबसरमा प्लास्टिक प्रदुषण न्युनिकरण हाम्राे दायित्व हाे विषयक अन्तरक्रिया आयोजना गरियो ।

सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल वहादुर थापाले वातावरण हराभरा गराउन सुरुमा सामुदायिक वनहरुमा बाेटविरुवानै राेप्नु पर्ने बताए । बताए,पलास्टिक न्युनिकरण गर्न तत्कालै सम्भव नभएकाे प्लास्टिक न्युनिकरणकाे लागि बिकल्प खाेज्न सके मात्र न्युनिकरण गर्न सकिने उनले बताए । वन जङ्गल जाेगाउदै त्यसबाट अतिरिक्त लाभहरु लिदै जान पर्ने भन्दै थापाले सामुदायिक वनमा कृषि जन्य विरुवाहरु राेपि लाभ लिन पर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले वन क्षेत्रमा लिचि , कटहर, जापानिज कटुस, सर्पगन्ध जस्ता बाेटहरु राेप्न सके आम्दानी बढ्ने बताए । अबकाे समयमा उत्पादन हुने चिजमा लाग्न पर्ने गुरुङले बताए ।

सव डिभिजन वन कार्यालयका प्रमुख कृष्ण प्रसाद भट्टले भावि पुस्ताकाे लागि पनि वृक्षराेपण गरि हराभरा गराउन आजकाे आबस्यक रहेकाे बताए । एउटा प्लास्टिक ५०० वर्ष सम्म नकुहिने भएकाले यस्ता प्रदुषण कम गराउन बताए । प्लास्टिककाे कारणले मानिसमा क्यान्सर जस्ता राेगहरु पैदा गराउने भट्टले बताए । प्लास्टिकहरु ताताे चिजमा राखे पछि त्यसकाे मसिनाे कणहरु खानेकुरामा टासिने गर्छ जसले मानिसमा राेगी बनाउने भट्टले वताए।

सामुदायिक वन महासघ गण्डकी प्रदेशका सचिव केशव चन्द्र न्याैपानेले जताततै प्रदुषणहरु फैलिदै गएकाे छ यसलाइ न्युनिकरण गर्ने आधारहरु खाेज्न पर्ने बताए । अधिकांश महिलाहरुले प्लास्टिक आगाे बाल्न सजिलाे हुने भएकाेले महिलाहरुले प्लास्टिकबाट आगाे बाल्ने गर्छ, यसले कति असर पार्छ भन्ने कुरा मानिसहरुमा जनचेतना फैलाउन पर्ने न्याैपानेले बताए । हरेक घर वरिपर एउटा बाेट राेप्न पर्ने न्याैपानेले बताए ।
रानीवन सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुवर, मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी, रानिवनका पुर्व अध्यक्ष सन्तबहादुर मगर लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा कालिका सामुदायिक वनका अध्यक्ष अमर फेवाली, सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्याैपाने, देउती सामुदायिक वनका अध्यक्ष ठाकुरकुमारी काफ्ले, कालिका सामुदायिक वनका उपाध्यक्ष मन कुमार वगाले, रानीवन सामुदायिक वनका उपाध्यक्ष टेक वहादुर थापा, देउती सामुदायिक वनका काेषाध्यक्ष परिमाया मगर, देउती सामुदायिक वनका सचिव हरिमाया सिवाकोटी ,सीता सामुदायिक वनका सचिव एलिजा अधिकारी क्षेत्री, वडा नम्बर ५ का वडा सदस्य यम वहादुर मगर लगाएत उपस्थित भएकाे थियाे । सो कार्यक्रमको सन्चालन रानिवन सामुदायिक वनका सचिव इन्द्रमाया आलेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा होः राष्ट्रपति पौडेल

काठमाडौं । जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार