गन्डकी प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । असार ९

गन्डकी प्रदेश कबड्डी संघको आयोजना, प्रदेश खेलकुँद परिषदको प्रबद्र्धन तथा आर्थिक सहयोग र जिल्ला खेलकुँद विकास समिति तनहुँको समन्वयमा सोमबारदेखी दमौलीमा गन्डकी प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ ।

उक्त प्रतियोगिताको अनसन चौतारी स्थित बास्केटबल कोर्टमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले उद्घाटन गरेका थिए । गन्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवन प्रजापतीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा जिसस प्रमुख वाग्ले, व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, व्यास नपाका खेलकुँद संयोजक जिवन गुरुङ लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा स्वागत तथा प्रतियोगिताको बारेमा जानकारी जिल्ला खेलकुँद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले र सन्चालन कबड्डी संघका प्रदेश सचिव रविन्द्र खातीले गरेका थिए ।

११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको प्रतियोगितात्मक खेलहरु मंगलबारबाट व्यास नपा १ स्थित फुटसलमा हुनेछ । प्रतियोगितामा गन्डकी प्रदेशका आठ वटा जिल्लाहरु तनहुँ, गोरखा, नवलपुर, कास्की स्याङजा, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाको सहभागिता रहेको जिल्ला खेलकँुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती