तनहुँ । असार १०
ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५२ करोड ४० लाख ९५ हजार ४४७ रुपैयाँको आज व्यय अनुमान सार्वजनिक गरेको छ ।



मंगलबार भएको गाउँसभाको १८ औं अधिवशेनमा गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले उक्त बजेट प्रस्तुत गरेकी थिइन् । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ करोड ६१ लाख, सशर्त अनुदान २३ करोड ६६ लाख ५७ हजार र राजस्व बाँडफाँडतर्फ १० करोड ७७ लाख रुपैयाँ रहेको छ ।

यस्तै, प्रदेश सरकारतर्फबाट वित्तीय समानीकरण, समपूरक तथा विशेष अनुदान र राजस्व बाँडफाँड शीर्षकमा करिब ५ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंक मौज्दात ५० लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।

ऋषिङले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि आय अनुमान संशोधन गर्दै कुल ५५ करोड ६३ लाख १ हजार १८३ रुपैयाँ पु¥याएको छ । प्रारम्भिक अनुमान ५५ करोड ५७ लाख रुपैयाँ रहेकोमा केही शीर्षकमा संशोधनसहित वास्तविक आय अनुमान बढाइएको हो । पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार यसमा आन्तरिक आम्दानी ८ करोड ५३ लाख ९७ हजार रुपैयाँ रहेको छ भने स्थानीय तहको बाँडफाँड, अघिल्लो वर्षको बाँकी अनुदान तथा घरजग्गा रजिष्ट्रेशन शुल्कसमेत समावेश गरिएको छ ।













