बन्दीपुरको बजेट ६४ करोड ९० लाख

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

बन्दिपुर गाँउपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वजेट ६४ करोड ९० लाख ५ हजार प्रस्तुत भएको छ । मंगलबार आयोजित गाँउपालिकाको १७ औ गाँउसभाको बैठकमा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुुरुङले सो अनुमानित बजेट प्रस्तुत गरिन् ।

कुल बजेट मध्ये चालु तर्फ ६० दशमलब २८ प्रतिशत अर्थात ३९ करोड १२ लाख ५ हजार र पुँजिगत तर्फ ३९ दशमलव ७२ प्रतिशत अर्थात २५ करोड ७८ लाख विनियोजन भएको छ ।

बन्दीपुरले पुर्वाधार विकास तर्फ १४ करोड ९० लाख, आर्थिक विकास तर्फ ३ करोड ७७ लाख, सामाजिक विकास तर्फ ७ करोड १५ लाख ४० हजार, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४० लाख र कार्यालय सन्चालन तथा प्रशासनीक खर्च तर्फ १० करोड ५० लाख बिनियोजन गरेको छ ।

यस अघि गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण