आबुँखैरेनीको बजेट ६२ करोड ८ लाख

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

आवुँखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि कूल बजेट ६२ करोड ८ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाकाको सत्रौ गाउँसभामा मंगलबार गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले आगामी आर्थिक वर्षकोलागि सो बजेट प्रस्तुत गरेकी थिइन् । आबुँखैरेनीले कुल बजेट मध्ये आर्थिक विकास तर्फ ५ करोड ८४ लाख ९ हजार, पुर्वाधार विकास तर्फ २१ करोड १९ लाख ९४ लाख ४५ हजार, संस्थागत विकास तथा शुसासन तर्फ ११ करोड ५३ लाख ९० हजार तथा सामाजिक विकास तर्फ २३ करोड ५१ लख ३८ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

यस अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी वर्षकोलागि पुर्वाधार विकास तथा स्वास्थ्य र शिक्षा तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको बताए । गाउँका स्वास्थ्य चौकी तथा विद्यालयको कच्ची भवन विस्थापित गरि सुविधासम्पन्न पक्की भवन बनाउने, सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने, शैक्षिक सुधार गर्ने विषयलाई गाउँपालिकाले मुख्य नीति तथा कार्यक्रममा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण