घिरिङ गाउँपालिकाको बजेट ४५ करोड

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ४५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको १६ औं गाउँसभामा उपाध्यक्ष राधादेवी अधिकारीले उक्त बजेट प्रस्तुत गरेकी थिईन् ।

जसमध्ये आन्तरिक श्रोत अनुदान ४ करोड १९ लाख, संघीय वित्तिय समानीकरण अनुदान ८ करोड ६० लाख, संघीय राजश्व बाँडफाँड ७ करोड ५६ लाख, प्रदेश सरकार वित्तिय समानीकरण १ करोड ४ लाख ७० हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ७८ लाख ७६ हजार, संघीय सशर्त अनुदान १७ करोड ३५ लाख, संघीय समपुरक अनुदान २ करोड ४१ लाख, संघीय विशेष अनुदान ७५ लाख, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश विशेष अनुदान ४० लाख र प्रदेश सशर्त अनुदान २० लाख अनुमान गरिएको छ ।

यसअघि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले पुर्वाधार, कृषि र पर्यटनसँगै शिक्षालाई गाउँपालिकाले प्रमुख प्राथमिकतामा राखेको बताए । पहिलो प्राथमकिता पुर्वाधार निर्माणलाई राखेपनि पर्यटन, शिक्षा, स्वास्थ्य र कृषिलाई पनि प्राथमिकतामा राखिएको अध्यक्ष थापाले बताए ।

त्यसैगरि कृषिको आधुनिकीकरण, उन्नत विउहरु पनि अनुदानमा दिने, सहकारीसँग समन्वय गरेर कृषकलाई मल उपलव्ध गराउने, साना सिंचाईको कार्यक्रमलाई पनि प्राथमिकता दिएको उनले बताए । त्यसकोलागि सम्भावना भएका ठाउँमा डिप बोरिङ मार्फत सिंचाई सुविधा पु¥यार्ईने भएको छ । पर्यटन तर्फ गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलको पहिचान गर्ने काम भईसकेको उनले बताए ।

पर्यटकलाई आकर्षित गर्न ऐतिहाँसिक मठमन्दिरको संरक्षण गरिने, त्यसको प्रचार प्रसार गरिने, धार्मिक स्थलको व्यवस्थापन गरिने, धार्मीक पहिचान भएका ठाउँमा सरसफाइ गर्ने, पुर्वाधार थप्ने र व्यवस्थित गर्दै लैजाने गाउँपालिकाको नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण