देवघाटको बजेट ४७ करोड ७३ लाख

Devghat Online

शेयर गरौ

देवघाट । असार १०

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि कूल बजेट ४७ करोड ७३ लाख ७५ हजारको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाकाको सोह्रौं गाउँसभामा मंगलबार गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले आगामी आर्थिक वर्षकोलागि सो बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट मध्ये चालु तर्फ ३७ करोड ८२ लाख १२ हजार र पुँजीगत तर्फ ९ करोड ९१ लाख ६३ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

देवघाटले पुर्वाधारको लागि ९ करोड ८३ लाख, आर्थिक विकास तर्फ ८५ लाख ८० हजार, सामाजिक विकास तर्फ २ करोड ७७ लाख ३४ हजार, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ २५ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड ७७ लाख ६१ हजार र संघ र प्रदेश शशर्त तर्फ २४ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

देवघाटले यस अघि नै नीति तथा कार्यक्रम पास गरिसकेको थियो । देवघाटले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पुर्वाधार तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय