सोलीघोप्टे सामुदायिक वनमा बृक्षारोपण

Devghat Online

शेयर गरौ

देवघाट । असार ११

देवघाट गाउँपालिका–३ स्थित सोलीघोप्टे सामुदायिक वन उपभोक्ता समुहले उक्त वनमा बृक्षारोपण गरिएको छ । सामुदायिक वनका उपभोक्ताहरुले वन क्षेत्रमा ३ हजार ७५० वटा टिमुरको बिरुवा रोपेका छन् ।

पछिल्लो समयमा टिमुरको बोटहरु लोप हुँदै गरेको हुँदा उक्त उक्त सामुदायिक वनले स्वास्थ्यलाई पनि राम्रो हुने र औषधीको रुपमा पनि प्रयोग हुने भएकाले टिमुरको बिरुवा रोपिएको सोलिघोप्टे सामुदायिक वन उपभोक्ता समुहका सचिव पुर्ण बहादुर गुरुङले बताए ।

उक्त बिरुवा संरक्षणको लागि सो क्षेत्रमा गई बस्तुभाउले खाएको खण्डमा नियम अनुसारको जरिवाना तिराउने गुरुङले बताए । टिमुरको बिरुवा लगाउने कार्यक्रमको डिभिजन वन अधिकृत शरद कुमार अधिकारीको प्रमुख अतिथ्यमा भएको थियो । उक्त कार्यक्रम सोलिघोप्टे सामुदायिक वनको अध्यक्ष तम बहादुर गुरुङको अध्यक्षतमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले