विष्णु मगर । देवघाट, असार ११
देवघाट गाउँपालिका–५ स्थित सीता सामुदायिक वन क्षेत्र भित्र बृक्षारोपण गरिएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वनमा उपभोक्ताहरु त्था विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा गाउँपालिकाका अध्यक्ष थापाले वन क्षेत्र भित्र निर्माण गरिने सुन्दरशिल पार्कको शिलान्यास समेत गरेका थिए ।



सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले उक्त पार्क समय सान्दर्भिक भएको बताए । सामुदायिक वनले आम्दानीको क्षेत्रहरु पहिचान गर्नुपर्ने भन्दै थापाले सोही क्रममा सो पार्कको निर्माण गर्न लागिएको हुनसक्ने बताए । देवघाट धार्मिक पर्यटन क्षेत्र रहेको र उक्त पार्कले भविष्यमा प्रभाव पार्ने थापाले बताए ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरद अधिकारीले सामुदायिक वनको समस्याहरुलाई सहज बनाउँदै आगामी दिनमा यस्ता चिजले समाजमा सकरात्मक प्रभाव पार्ने बताए । कार्यालयको तर्फबाट यस्तो कार्यलाई सहयोग गर्ने अधिकारीले बताए । सामुदायिक वनले सामुदायिक वनले संरक्षण गरि उपभोग गर्नुपर्ने अधिकारीले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सीता सामुदायिक वनमा पार्कले राम्रो गरि चितवनको मात्र पर्यटन भित्राउन सके पनि राम्रो आम्दानी लिन सकिने बताए । सो क्षेत्रमा समय अनुसारको सरंचना थप्नुपर्ने न्यौपानेले बताए ।

सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपानेले सो पार्क निर्माणको लागि जिल्ला वन डिभिजन बाट ५ लाख रुपैयाँ बजेट उपलब्ध भएको बताए । सो पार्क त्रिशुली नदिको नजिक रहेको र मानिसहरु आएर बस्दा धेरै आनन्द हुने भएकाले सो पार्क निर्माण गर्न खाजिएको न्यौपानेले बताए । सो बन्न खाजिएको पार्क १ दशमलब १० हेक्टरको क्षेत्रफल रहेको र त्यसमा १२ सय वटा विरुवाहरु वृक्षारोपण गरिएको न्यौपानेले बताए । आगामी दिनमा सो पार्क देवघाटकै नमुना पार्क बन्ने न्यौपानेले बताए ।

सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुन्दरशिल टोल बिकास संस्थाका अध्यक्ष दुर्गालाल गुरुङ, सीता सामुदायिक वनका पुर्व अध्यक्ष विष्णुप्रसाद पौडेल, वडा नम्बर ५ को वडा सदस्य वुद्धिबहादुर पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
सो कार्यक्रमको सन्चालन सिता सामुदायिक वनका सचिव एलिजा अधिकारी क्षेत्रीले स्वागत मन्तव्य वन समुहकी उपाध्यक्ष राधा खनालले गरेकी थिइन् ।












